कांग्रेस सांसद अभिषेकप्रताप शाहलाई तत्काल पक्राउ नगर्न सर्वोच्च अदालतको आदेश

काठमाण्डु टुडे २०८३ साउन ६ गते १६:३४ मा प्रकाशित

काठमाण्डू, ६ साउन– सर्वेच्च अदालतले कांग्रेसका सांसद अभिषेकप्रताप शाहलाई पक्राउ नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।

बुधबार न्यायाधीश अब्दुल अजीज मुसलमानको एकल इजालासले सरकारका नाममा यसप्रकारको अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो । यस्तै, अन्तरिम आदेशका लागि दुवै पक्षलाई छलफलका लागि बोलाएको छ ।

यसअघि मंगलबार सांसद शाहले आफूविरुद्ध जारी भएको पक्राउ पुर्जी बदरको माग गर्दै गृहमन्त्रालय, कपिलवस्तु जिल्ला अदालत र जिल्ला प्रहरी कार्यालय कपिलवस्तुलाई विपक्षी बनाएर रिट निवेदन दिएका थिए ।

शाह कपिलवस्तु– ३ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य हुन् । उनीविरुद्ध कुटपिटको आरोपमा कपिलवस्तु जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी गरेको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us