जलश्रोत सम्झौताको तयारीले स्तब्ध भएका छौ: वैद्य

काठमाण्डु टुडे २०७१ साउन ४ गते १४:४९ मा प्रकाशित

काठमाण्डु, ४ साउन– नेकपा–माओवादीले नेपाल र भारतबीच भारतको एकाधिपत्य कायम हुने गरी जलश्रोत विकाससम्बन्धी सम्झौताको तयारी भइरहेको भन्दै आपत्ति mohan baidhyaजनाएको छ ।
अध्यक्ष मोहन वैद्यद्वारा आइतबार जारी गरिएको विज्ञप्तिमा निर्यातमुखी पिडीए सम्झौताको तयारी भइरहेको समाचारबाट सम्पूर्ण देशभक्त नेपाली स्तब्ध भएको उल्लेख छ । उनले यसअघि गरिएका असमान सन्धि सम्झौता खारेज गर्नुको साटो नयाँ सम्झौता गर्न लागिएको भन्दै आपत्ति जनाएका छन् ।

बचेखुचेको जलश्रो भारत र भारतीय कम्पनीलाई सुम्पनुपर्ने गरी सम्झौताको मस्यौदा तयार हुँदै आरोप वैद्यको छ । ‘जलश्रोतको क्षेत्रमा विगतमा गरिएका कोसी, गण्डक, महाकाली, माथिल्लो कर्णाली, अरण तेश्रो, उच्च कोसी बाँध, माथिल्लो मस्र्याङदीलगायतका असमान सन्धि सम्झौताहर खारेज गर्नुको साटो उल्टो निर्यातमुखी पिडिए सम्झौता गर्ने तयारी भइरहेको समाचारबाट सम्पूर्ण देशभक्त नेपाली जनतालाई स्तब्ध बनाएको छ’, विज्ञप्तिमा छ ।

वैद्यले सम्झौताको वास्तविकता अविलम्ब सार्वजनिक गर्न पनि सरकारसँग माग गरेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us