
वीरगन्ज, ५ साउन– बाराको गढीमाई नगरपालिका–१४ डुमरवाना टाङ्गिया बस्तीमा सर्पको डसाइबाट घाइते भएका एक बालकको उपचारका क्रममा मृत्युभएको छ ।
मृत्यु हुनेमा दिनेश न्यौपानेका ९ वर्षीय छोरा बिपिन रहेको नारायणी उपक्षेत्रीय अस्पताल वीरगन्जले जनाएको छ ।
घरमा सुतिरहेका बिपिनलाई सर्पले टोकेको थियो । सर्पको टोकाइबाट गम्भीर बनेका उनलाई आइतबार राति नारायणी अस्पतालमा ल्याइएको हो ।