समाचार

एमालेमा केन्द्र भरिभराउ, जिल्ला रित्तै

२०७१ साउन ४ गते ४:२८

काठमाण्डु, ४ साउन– नेकपा एमालेको नवौं महाधिवेशनमा केन्द्रीय कमिटीमा विजयी र पराजित भएका बहालवाला जिल्ला अध्यक्षको पद स्वतः रिक्त हुने प्रावधानका कारण पार्टीको सात जिल्ला कमिटी नेतृत्वविहीन भएका छन् । महाधिवेशनबाट पारित नयाँ विधानमा केन्द्रीय कमिटी वा माथिल्लो कमिटीमा उम्मेदवार बन्दा तथा विजयी हुँदा...

मोदीको नेपाल भ्रमण फलदायी बनाइने

२०७१ साउन ४ गते ३:४८

काठमाण्डु, ४ साउन – सरकारले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको यसै महिना हुने औपचारिक भ्रमणलाई सार्थक एवम् फलदायी बनाउन उच्चस्तरीय परामर्श प्रारम्भ गरेको छ । भारतीय प्रधानमन्त्रीको भ्रमणका बेला हुने द्विपक्षीय वार्ता तथा नेपालले उठाउनुपर्ने विकास–निर्माणका साथै अन्य पारस्परिक हितका मामिलाबारे सम्बन्धित विषयका विज्ञहरूसँग सरकारले...

पाहुनाको कुुटपिटबाट घाइते

२०७१ साउन ४ गते १:५३

धनगढी, ४ साउन – घरमा पाहुनाका रुपमा बास बस्न आएका एक व्यक्तिको कुटपिटबाट धनगढी नगरपालिका–८ मनहेराका ईश्वर विष्टसहित केही व्यक्ति घाइते भएका छन् । बझाङ घर भई धनगढीको बेली गाउँमा बस्दै आएका रामबहादुर थापाले शुक्रबार राति विष्टको घरपरिवारका सदस्यलाई कुटपिट गरेको पीडित विष्टलाई उद्धृत...

कार्यकर्ताले नै लुटे माओवादी कार्यालय

२०७१ साउन ४ गते १:४९

काठमाण्डु, ४ साउन –   नेकपा-माओवादी काभ्रेको एक समूहले पार्टीका जिल्ला कार्यालय लुटेका छन् । तीन महिनासम्म जिल्ला नेतृत्व स्थापित हुन नसकेपछि माओवादीमा चुलिएको विवादले कार्यालय लुटिनेसम्मको अवस्था आएको समाचार आजको राजधानी दैनिकमा छ । गुरिल्ला शैलीमा रातारात कार्यालय लुटिएको जिल्ला सेक्रेटरीका दाबेदार चुडामणि...

अनशन बस्दाबस्दै तीन मिर्गौला रोगीको मृत्यु

२०७१ साउन ४ गते १:४४

काठमाण्डु, ४ साउन –  विभिन्‍न माग राखेर ४१ दिनदेखि रिले अनशनमा बस्दै आएका मिर्गौला रोगीमध्ये तीनजनाको मृत्यु भइसकेको छ।रत्नपार्कस्थित शान्तिवाटिकामा अनशन बसेका तीनजनाको मृत्यु भए पनि सरकार, नागरिक समाज, अधिकारकर्मी र सरोकारवाला संघसंस्थाले अहिलेसम्म कुनै चासो देखाएका छैनन्। अनशनका क्रममा मिर्गौलापीडित श्याम खड्की (काठमाडौं)...

‘जति धेरै सन्तान, उति बढी यार्सा’

२०७१ साउन ४ गते १:३८

काठमाण्डु, ४ साउन – मेलबिसौना ३ का धन गिरी जेठाराले दुई पत्नीबाट १० छोराछोरी जन्माएका छन्। यार्सा टिपेर अझै धेरै कमाउने लोभका कारण उनले परिवार नियोजनसमेत गरेका छैनन्। पहिले धेरै छोराछोरी भए भने कसरी पाल्ने भनेर चिन्ता हुन्थ्यो। अब त जसका धेरै छोराछोरी छन्...

यस्तो छ ऊर्जामा भारतीय एकाधिकारको प्रस्ताव

२०७१ साउन ४ गते १:२८

काठमाण्डु, ४ साउन – भारत सरकारले नेपालका जलविद्युत् परियोजामा शतप्रतिशत लगानी या अन्य भारतीय समूहसँगको संयुक्त लगानीमा निर्माण गर्ने इच्छा व्यक्त गरेको छ। उक्त चाहना पूरा गर्न भारत सरकारले पठाएको सहमतिको प्रारूप हाल ऊर्जा मन्त्रालयमा विचाराधीन छ। तत्कालीन भारतीय प्रधानमन्त्री मनमोहन सिंह नेतृत्वको सरकारकै...

अज्ञात रोगले चौपाया मर्न थालेपछि किसान चिन्ति

२०७१ साउन ४ गते १:२८

सप्तरी, ४ साउन– सप्तरीको भारदह गाविसमा केही दिनयता अज्ञात रोगका कारण धमाधम पशु चौपाया मर्न थालेपछि किसानहरु चिन्तित बनेका छन् । मुखबाट र्‍याल चुहिने, सामान्य ज्वरो आउने र केही छिनमै पशु चौपाया छट्पटाएर मर्ने गरेको स्थानीय पशुपालकहरुले बताएका छन् । भारदह–५ का गोसाइ मण्डलका...

म माग्दिन दिएको जिम्मेवारी पूरा गर्छु : खनाल

२०७१ साउन ४ गते १:२५

काठमाण्डु, ४ साउन –पार्टीमा कार्यकारी पदबाट बिदा भएका एमाले निवर्तमान अध्यक्ष झलनाथ खनालको अबको बाटो कुन होरु आकर्षक व्यक्तित्वका धनी नेतामध्ये अग्रपंक्तिमा पर्ने खनालले जबाफ दिए, अब म पार्टीको कार्यकारी पदतिर फर्किन्नँ। राज्य, जनता र पार्टीले मेरो योग्यता र क्षमताले भ्याउने जिम्मेवारी दिए वहन...

‘बाबुरामले डोजर लगाउँदा एमाओवादी तेश्रो भयो, बामदेवको डोजरले एमाले चौथो हुने भो’

२०७१ साउन ३ गते १५:१५

काठमाण्डु, ३ साउन– एमाले सभासद चन्द्रबहादुर गुरुङले सरकारले सुनसरी–मोरङ सिञ्चाई आयोजना क्षेत्रका हजारौं सुकुम्बासीलाई घरबारविहीन बनाएको भन्दै आपत्ति जनाएका छन् । एमाले संसदीय दलको शनिबारको बैठकमा गुरुङले सुकुम्बासी बस्तीमा डोजर लगाएको भन्दै उपप्रधान एवम् गृहमन्त्री वामदेव गौतमको चर्को आलोचना गरेका हुन् । ‘वर्षायाम चराचुरुङगीले...

एमाले कार्यबाहक अध्यक्षमा भीम रावलको दाबी

२०७१ साउन ३ गते १४:४४

काठमाण्डु, ३ साउन– नेकपा एमालेको माधवकुमार नेपाल पक्षले उपाध्यक्ष भीम रावललाई कार्यबाहक अध्यक्षको जिम्मेवारी दिनुपर्ने सर्त अघि सारेको छ । नेपाल पक्षले अध्यक्ष केपी शर्मा ओलीसमक्ष रावललाई कार्यवाहक दिनुपर्ने प्रस्ताव गरिसकेको छ । रावल नेपाल प्यालनबाट उपाध्यक्ष निर्वाचित भएका हुन् । स्रोतका अनुसार अध्यक्ष...

मापसे गरेर गाडी चलाउनेलाई छाड्न, पक्राउ गर्ने प्रहरीलाई कारबाही गर्न माग

२०७१ साउन ३ गते १३:४५

काठमाण्डु, ३ साउन– सरकार नेतृत्वकर्ता दल नेपाली काँग्रेसको सुनसरी जिल्ला समितिले पार्टी सम्वद्ध नेपाल तरुण दलका जिल्ला अध्यक्ष सिजन गुरुङलाई रिहा गर्न माग गर्दै शनिबार धरानमा एक घण्टा चक्का जाम गरेको छ । चक्काजामका क्रममा प्रहरी र काँग्रेस कार्यकर्ताबीच झडप भएपछि धरान क्षेत्र केहीबेर...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us