समाचार

त्रिशूली–धुन्चे खण्डको पासाङ ल्हामु मार्ग पूर्ण रुपमा बन्द

२०७१ साउन ४ गते १३:०२

रसुवा, ४ साउन – धुन्चे–१ र २ को बीचमा पर्ने गोदाम खोलाको कलभर्ट आइतबार भाँच्चिएपछि त्रिशूली–धुन्चे सडकखण्डको पासाङ ल्हामु मार्ग पूर्ण रुपमा बन्द भएको छ । भिरपाखाका कारण वैकल्पिक मार्ग खोल्ने ठाउँ नहुँदा यहाँका बासिन्दालाई आवतजावतमा समस्या भएकाले तत्काल पुनः निर्माणका लागि सरकारसामु माग...

कात्तिकदेखि सवै विमानस्थलमा उडान : मन्त्री आचार्य

२०७१ साउन ४ गते १२:३२

काठमाण्डु , ४ साउन नागरिक उड्डयन्त्र तथा पर्यटनमन्त्री भीम आचार्यले नेपालका सवै साना–ठूला विमानस्थलमा उडान भराउने तयारी मन्त्रालयले गरिरहेको वताएका छन् । उनले आगामी कात्तिकको पहिलो साताबाट सवै विमानस्थलमा नेपाल बायु सेवा निगमका ध्वजाबाहक विमानले उडान भर्ने बताएका हुन् । तलुसीपुर उद्योग वाणिज्य संघको...

औषधी भनी दिएको बिषादी सेवन गर्दा गयो ज्यान

२०७१ साउन ४ गते १२:१३

नवलपरासी, ४ साउन – पेट दुखेको औषधी भनी दिएको बिषादी सेवन गर्दा धकधही–७ बस्ने ५७ बर्षीय राम अवतार यादवको मृत्यु भएको छ । उनलाई साउनमा हकुई–२ बस्ने २५ बर्षीय राजेश अग्रहरीले आफ्नो घरमा ल्याई पेट दुखेको औषधी भनी बिषादी खुवाउदा असक्त भएकोले उपचारको लागि मेडिकल...

खुकुरी हानेको झाेंकमा क्याम्पसमा आगजनी

२०७१ साउन ४ गते ११:०५

काठमाण्डु, ४ साउन– घण्टाघरस्थित त्रिचन्द्र क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) कार्यलयमा आगजनी भएको छ । आइतबार दिउँसो अनेरास्ववियूका नेता प्रेम केसीमाथि खुकुरी प्रहार भएलगत्तै त्रिचन्द्र स्ववियु कार्यलयमा आगजनी भएको हो । आगजनीबाट स्ववियु कार्यलय नजिकै रहेको वीपी पुस्तकालयमा रहेको सयौ किताब र विद्यार्थी रोधपत्र पनि...

तीन दिनभित्र कागजात पेस गर्न एन्फालाई निर्देशन

२०७१ साउन ४ गते ११:०४

काठमाण्डु , ४ साउन – व्यवस्थापिका–संसद्को सार्वजनिक लेखा समितिले अखिल नेपाल फुटबल सङ्घ (एन्फा)लाई विगत पाँच वर्षको लेखापरीक्षणको कागजात तीन दिनभित्र पेस गर्न निर्देशन दिएको छ । समितिको आइतबारको बैठकले सङ्घका अध्यक्ष गणेश थापालाई सबै कागजातसहित तोकिएको सयमसीमाभित्र उपस्थित हुन निर्देशन दिएको हो ।...

सीमा नाका बन्दले जनजीवन प्रभावित

२०७१ साउन ४ गते ९:०५

दार्चुला, ४ साउन – सोमबार हुने विधानसभा उपचुनावका लागि नेपालसँग जोडिएका सीमा नाका ४८ घण्टाका लागि बन्द गरिएका छन् । उपचुनावका लागि शनिबार साँझ ६ बजेदेखि सोमबार साँझ ६ बजेसम्म सीमा नाका बन्द गरिएका हुन् । भारतसँग जोडिएका प्रमुख दुई नाका सदरमुकाम खलङ्गा र...

मधेसवादी दलहरु सत्ता समर्पण र मुद्दा विसर्जनमा : नेता गुप्ता

२०७१ साउन ४ गते ९:०१

पर्सा , ४ साउन – तराई मधेस राष्ट्रिय अभियानका संयोजक जयप्रकाश प्रसाद गुप्ताले समयमा अग्रगामी संविधान जारी गर्नका लाग जनदबाब आवश्यक रहेकोमा जोड दिएका छन् । मधेस पत्रकार समाजले आइतबार आयोजना गरेको पत्रकार सम्मेलनमा उनले संविधानसभाबाट अग्रगामी संविधान जारी हुने सम्भावना कम रहेको जिकिर...

६ गाविस कार्यसम्पादन मूल्याङ्कनमा अनुत्तीर्ण

२०७१ साउन ४ गते ८:४५

इलाम, ४ साउन – इलामका ६ गाउँ विकास समिति न्यूनतम कार्यसम्पादन मूल्याङ्कनमा अनुत्तीर्ण भएका छन् । सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयअन्तर्गत वित्तीय आयोगले निर्धारण गरेको न्यूनतम सर्तमा इरौँटार, जिर्मले, आमचोक, श्रीअन्तु, साँखेजुङ र समालबुङ गाविस अनुत्तीर्ण भएका हुन् । वित्तीय आयोगको सचिवालयले सार्वजनिक...

गरिबी हटाउन शासकीय व्यवस्थापनमा लाग्न ओलीकाे आग्रह

२०७१ साउन ४ गते ८:३८

काठमाण्डु, ४ साउन – नेकपा एमाले नवनिर्वाचित अध्यक्ष केपी शर्मा ओलीले शासकीय अव्यवस्थापनका कारण नेपालमा गरिबी र पछौटेपन कायम रहेको भन्दै समृद्ध नेपाल निर्माणका लागि लाग्न पार्टी केन्द्रीय सदस्य र सभासद्हरुलाई आग्रह गरेका छन् । एमालेको नवौँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीका पदाधिकारी र सदस्यहरूका...

बर्षाले सुदूरपश्चिमको जनजिवन प्रभावित

२०७१ साउन ४ गते ५:२९

काठमाण्डु, ४ साउन –वर्षाले जनजीवन अस्तव्यस्त पाँच दिनदेखिको निरन्तर वर्षाले बैतडीसहित सुदूरपश्चिमको जनजीवन अस्तव्यस्त बनेको छ । जारी बर्षाका कारण सुदूरपश्चिमका बैतडी, दार्चुला, डोटी, डडेल्धुरा, कैलाली, कंचनपूर लगायतका जिल्लाको जनजिवन प्रभावित भएको हो । निरन्तर बर्षा हुँदै जाँदा बिभिन्न ठाउँहरुमा बाढी पहिरोको जोखिम बढ्दै...

बाबुले छोराको हत्या गरे

२०७१ साउन ४ गते ५:१९

काठमाण्डु, ४ साउन –डोटीको छतिवन गाविसमा बाबुले छुरा प्रहार गरी छोराको हत्या गरेका छन् । छतिवन गाविस ३ पत्तडाका ३४ वर्षीय हरिशराम विकले मदिरा सेवन गरेको अवस्थामा घरमा बिबाद उत्पन्न भएपछि १७ वर्षिया छोरा नविनराम विकको हत्या गरेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ...

भाइरल ज्वरोको प्रकोप

२०७१ साउन ४ गते ४:३५

वीरगन्ज ४ साउन –पर्साको ग्रामीण भेगमा भाइरल ज्वरोका बिरामीको सङ्ख्यामा वृद्धि भएको छ । ग्रामीण भेगका ठोरी, निर्मलवस्ती र सुवर्णपुर गाविसमा भाइरल ज्वरोको बिरामी बढेका हुन् । दूषित पानीको प्रयोग गर्दा भाइरल ज्वरोले समात्ने सुवर्णपुर स्वास्थ्य चौकीका इन्चार्ज रमेशराज थिङले बताए । सुवर्णपुर स्वास्थ्य...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us