रसुवा, ४ साउन – धुन्चे–१ र २ को बीचमा पर्ने गोदाम खोलाको कलभर्ट आइतबार भाँच्चिएपछि त्रिशूली–धुन्चे सडकखण्डको पासाङ ल्हामु मार्ग पूर्ण रुपमा बन्द भएको छ ।
भिरपाखाका कारण वैकल्पिक मार्ग खोल्ने ठाउँ नहुँदा यहाँका बासिन्दालाई आवतजावतमा समस्या भएकाले तत्काल पुनः निर्माणका लागि सरकारसामु माग गरिएको नागरिक समाजका अध्यक्ष बाबुला तामाङले बताए ।
भाँचिएको कलभर्ट कसरी पुनः निर्माण गर्ने भन्ने सम्बन्धमा डिभिजन सडक कार्यालयसँग छलफल भइरहेको रसुवाका प्रमुख जिल्ला अधिकारी उद्धवप्रसाद भट्टराईले जानकारी दिए ।
कलभर्ट भाँचिएपछि धुन्चेतर्फ रहेको सयौँ सवारीसाधन यतै अलपत्र परेका छन् ।