काठमाण्डु, ४ साउन– घण्टाघरस्थित त्रिचन्द्र क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) कार्यलयमा आगजनी भएको छ ।
आइतबार दिउँसो अनेरास्ववियूका नेता प्रेम केसीमाथि खुकुरी प्रहार भएलगत्तै त्रिचन्द्र स्ववियु कार्यलयमा आगजनी भएको हो ।
आगजनीबाट स्ववियु कार्यलय नजिकै रहेको वीपी पुस्तकालयमा रहेको सयौ किताब र विद्यार्थी रोधपत्र पनि जलेको छ ।
आफ्ना नेतामाथि नेवि संघका कार्यकर्ताले खुकुरी हानिएको भन्दै अनेरास्ववियुका कार्यकर्ताले पुस्तकालयमा आगजानी गरेको नेवि संघका नेताले काठमाण्डु टुडेलाई जानकारी दिए ।
अनेरास्ववियुका नेताले भने अगलागीको घटनामा कुनै संलग्नता नरहेको बताए ।