बाबुले छोराको हत्या गरे

काठमाण्डु टुडे २०७१ साउन ४ गते ५:१९ मा प्रकाशित

काठमाण्डु, ४ साउन –डोटीको छतिवन गाविसमा बाबुले छुरा प्रहार गरी छोराको हत्या गरेका छन् । छतिवन गाविस ३ पत्तडाका ३४ वर्षीय हरिशराम विकले मदिरा सेवन गरेको अवस्थामा घरमा बिबाद उत्पन्न भएपछि १७ वर्षिया छोरा नविनराम विकको हत्या गरेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।

बाबु र छोरा विच यसअघि पनि पटक–पटक विवाद भैरहने र यसपटकको विवाद अंशबण्डाका विषयमा भएको परिवार स्रोतले जनाएको प्रहरी निरिक्षक हर्क रावलले जानकारी दिए । छोराको हत्यापछि बुबा हरिशराम फरार रहेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us