समाचार

दार्चुला सदरमुकाम बाढीको खतरामा

२०७१ साउन ३ गते ११:२३

दार्चुला, ३ साउन– वर्षातसँगै महाकाली नदीमा पानीको बहाव बढेपछि दार्चुला सदरमुकाम खलंगाका बासिन्दा त्रसित बनेका छन् । शुक्रबार रातिदेखि जारी वर्षातका कारण नदीमा पानीको बहाव अत्यधिक भएपछि बाढीको त्रास बढेको हो । नदीको  वहाव बढेसँगै अपी नगरपालिका– ११ को पैदल बाटोमा आवतजावत बन्द भएको...

वेश्यावृत्ति बढेपछि होटलमा छापा

२०७१ साउन ३ गते १०:५९

धनकुटा, ३ साउन– होटलहरुमा अनैतिक क्रियाकलाप बढ्न थालेको भन्दै स्थानीयले गुनासो गरेपछि जिल्ला प्रहरी कार्यालय धनकुटाले धनकुटा बजारका विभिन्न होटलमा छापामार्ने काम तीव्र बनाएको छ । छापामार्ने क्रममा प्रहरीले गएराति धनकुटा–६ रमाइलो घुम्तीटोलस्थित युगानुकूल होटलबाट एक जोडी र तास खेलिरहेको अवस्थामा अर्को एक होटलबाट...

एमाओवादीले दियो केपी ओलीलाई बधाई

२०७१ साउन ३ गते १०:२४

काठमाण्डु,  ३ साउन– एकीकृत नेकपा माओवादीले सरकारले दलाल, नोकरशाही र पुँजीपति वर्गको हितमा बजेट ल्याएको आरोप लगाएको छ । पार्टी केन्द्रीय कार्यालयमा शनिबार आयोजित नियमित भेटघाटमा सरकारले गरिब र किसान वर्गलाई बेवास्ता गरेर दलालहरुको हितमा बजेट ल्याएको आरोप लगाए । ‘अहिलेका अर्थमन्त्रीले विगतमा पनि...

अबको प्रधानमन्त्री केपी ओली: कृषिमन्त्री

२०७१ साउन ३ गते १०:०२

काठमाण्डु, ३ साउन– कृषि तथा सहकारीमन्त्री हरिप्रसाद पराजुलीले आगामी माघ ८ पछि  एमाले अध्यक्ष केपी शर्मा ओली मुलुकको प्रधानमन्त्री बन्ने दाबी गरेका छन् । रिपोर्टर्स क्लबले शनिबार गरेको साक्षात्कारमा उनले माघ ८ मा सविधान बनेपछि ओली प्रधानमन्त्री बन्ने दाबी गरेका हुन् । उनले यसपटक...

भारतमा नेपाली मजदुर लुटिए

२०७१ साउन ३ गते ८:२४

कञ्चनपुर, ३ साउन– भारतमा मजदुरी गरी घर फर्कंदै गरेका सुर्खेत लेकपर्सा–८ का जीतबहादुर कटुवाल भारतीय सहर पिथौरागढमा लुटिका छन् । लुटेराहरुले उनलाई नशालु पदार्थ मिसाइएको जुस खुवाएर बेहोस बनाई शुक्रबार साँझ लुटपाट गरेका हुन् । सिमलाबाट बसमार्फत घर फर्कंदै गरेका बेला सँगै बसेका अपरिचित...

अहिलेसम्मकै धेरै रक्तचन्दन बरामद

२०७१ साउन ३ गते ७:२२

सिन्धुपाल्चोक, ३ साउन– प्रहरीले अरनिको राजमार्गअन्तर्गत सिन्धुपाल्चोकको बाह्रबिसेबाट एक हजार क्विन्टलभन्दा बढी अवैध रक्तचन्दन बरामद गरेको छ । राजधानी हुँदै चीनको खासातर्फ तस्करी गर्न लागिएको रक्तचन्दन दुई वटा कन्टेनरबाट बरामद भएको सिन्धुपाल्चोक प्रहरीले जनाएको छ । प्रहरी निरीक्षक जयेश्वर रिमालले चेक जाँचका क्रममा ना...

महाकाली नदीको बहाव बढेपछि सीमा पुलको आवागमनमा रोक

२०७१ साउन ३ गते ५:०७

कञ्चनपुर, ३ साउन – निरन्तर भइरहेको वर्षाका कारण महाकाली नदीको बहाव बढेपछि आज बिहानदेखि सीमा पुलको आवागमनमा रोक लगाइएको छ । नदीको बहाव ८० हजार क्युसेक पुगेपछि पुलको आवागमनमा रोक लगाइने गरिएको छ । इलाका प्रहरी कार्यालय गड्डाचौकीका प्रहरी नायब निरीक्षक राजेन्द्र चन्दका अनुसार...

विषादी मिसाइएको मदिरा सेवन गर्दा मृत्यु

२०७१ साउन ३ गते ४:५६

कञ्चनपुर, ३ साउन – विषादी मिसाइएको मदिरा पिउँदा कृष्णपुर– १ दोमिल्लाका २१ वर्षीय रेवन्त बुढाको हिजो साँझ मृत्यु भएको छ । डायमण्ड नामक मदिरामा खेतबारीमा प्रयोग हुने थायोडिन नामक विषादी मिसाएर पिउँदा बुढाको मृत्यु भएको इलाका प्रहरी कार्यालय कृष्णपुरका प्रहरी नायब निरीक्षक राजेन्द्र नाथले...

प्रधानमन्त्रीको उपचारमा कति लाग्यो ?

२०७१ साउन ३ गते ४:३३

काठमाण्डु,३ साउन –अर्थ मन्त्रालयले प्रधानमन्त्री सुशील कोइरालाको उपचार गर्न ४८ लाख ४२ हजार पाँच सय २८ रुपैयाँ निकाशा दिएको छ । कोइराला फोक्सोको क्यान्सकारकाे उपचार गर्न २ असारमा अमेरिका प्रस्थान गरेका थिए । प्रधानमन्त्रीको उपचार गर्न पहिलो किस्ता २९ लाख २६ हजार तीन सय...

कसले खसाल्यो मलेसियन एयरलाइन्सको विमान ?

२०७१ साउन ३ गते ४:३१

काठमाण्डु,३ साउन – भन्छन्–बाटो विराएपछि जे पनि हुन सक्छ । कहिलेकाहीँ नहुन पनि सक्छ । मेलेसियन एयरलाइन्सका विमानका लागि बाटो विराउनु नै सिद्धिनु बनेको छ । आफ्नो रुट छाडी अन्यत्र गएर बेपत्ता भएको एमएच३७० विमान फेलानपर्दै उसकै एमएच १७ क्षेप्यास्त्र आक्रमणमा परेको छ । चार...

क्षमताभन्दा बढी कैदीबन्दी भएपछि समस्या

२०७१ साउन ३ गते ३:०५

काठमाण्डु,३ साउन – क्षमताभन्दा बढी कैदीबन्दी राखिएपछि जिल्ला कारागार सोलुखुम्बुमा रहेका कैदी/बन्दीहरु समस्यामा परेका छन् । पुरुषतर्फ २५ जनाको क्षमता भए पनि हाल ६१ जना बन्दी रहेका छन् । दस जनाको क्षमता भएको महिला बन्दीगृहमा भने नौ जनामात्रै रहेको छ । पुरुषका लागि बनाइएको...

बत्तीस हेक्टर वन क्षेत्रमा वृक्षरोपण

२०७१ साउन ३ गते ३:०४

इलाम, ३ साउन । जिल्ला वन कार्यालयले वृक्षरोपण अभियानलाई प्राथमिकताका साथ तीव्रता दिएको छ । कार्यालयले गत आवमा साढे ३२ हेक्टर वन क्षेत्रमा वृक्षरोपण गरेको छ । कार्यालयको अनुदान सहयोगमा जिल्लाका विभिन्न क्षेत्रमा एक लाख ३३ हजार २०० विभिन्न प्रजातिका बिरुवा रोपिएका छन् ।...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us