प्रधानमन्त्रीको उपचारमा कति लाग्यो ?

काठमाण्डु टुडे २०७१ साउन ३ गते ४:३३ मा प्रकाशित

sushil koiralaकाठमाण्डु,३ साउन –अर्थ मन्त्रालयले प्रधानमन्त्री सुशील कोइरालाको उपचार गर्न ४८ लाख ४२ हजार पाँच सय २८ रुपैयाँ निकाशा

दिएको छ । कोइराला फोक्सोको क्यान्सकारकाे उपचार गर्न २ असारमा अमेरिका प्रस्थान गरेका थिए ।
प्रधानमन्त्रीको उपचार गर्न पहिलो किस्ता २९ लाख २६ हजार तीन सय २८ र दोस्रो किस्ता १९ लाख १६ हजार दुई सय रुपैयाँ परराष्ट्र मन्बालयलाई निकासा दिइएको अर्थ मन्त्रालयले जनाएको छ ।
आजको नयाँ पत्रिका दैनिकका अनुसार मन्त्रीपरिषद्को २९ जेठको बैठकले उपचार गर्न अमेरिका जान प्रधानमन्त्रीलाई स्वीकृति दिँदै उपचार खर्च सरकारले बेहोर्ने निर्णय गरेको थियो ।

२ असारमा अमेरिका प्रस्थान गरेका कोइराला मंगलबार स्वदेश फर्कदै छन् । उपचारपछि उनी क्यान्सरमुक्त भएको सहयोगीहरुले दाबी गरेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us