अहिलेसम्मकै धेरै रक्तचन्दन बरामद

काठमाण्डु टुडे २०७१ साउन ३ गते ७:२२ मा प्रकाशित

सिन्धुपाल्चोक, ३ साउन– प्रहरीले अरनिको राजमार्गअन्तर्गत सिन्धुपाल्चोकको बाह्रबिसेबाट एक हजार क्विन्टलभन्दा बढी अवैध रक्तचन्दन बरामद गरेको छ ।

राजधानी हुँदै चीनको खासातर्फ तस्करी गर्न लागिएको रक्तचन्दन दुई वटा कन्टेनरबाट बरामद भएको सिन्धुपाल्चोक प्रहरीले जनाएको छ ।

प्रहरी निरीक्षक जयेश्वर रिमालले चेक जाँचका क्रममा ना २ ख ५८६८ नम्बरको कन्टेनरबाट ८ सय ६० केजी र न २ ख ३१५ कन्टेनरबाट १ सय ८६ केजी रक्तचन्दन बरामद भएको जानकारी दिए । उनका अनुसार यति ठूलो परिमाणमा रक्तचन्दन बरामद भएको यो पहिलोपटक हो ।

पक्राउ परेका दुवै कन्टेनर चालक पूर्वा तामाङ र छेवाङ लामाको बयान जारी रहेकाले तस्करीमा संलग्न समूहको पहिचान हुन बाँकी रहेको प्रहरीको भनाइ छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us