काठमाण्डु,३ साउन – सरकारले इराकमा जारी द्वन्द्वका कारण अलपत्र परेका ११ जना नेपालीलाई उद्धार गरेको छ । कुर्दिस्तान प्रान्तको एर्बिलका साथै किर्कुक र टिक्रिट सहरबाट उद्धार गरिएका उनीहरू आज राति राजधानी आइपुग्ने भएका छन् । केही दिनको प्रयासपछि उनीहरूलाई उद्धार गरी स्वदेश फर्काउन सफलता...
काठमाण्डु,३ साउन –कतारका महान्यायाधिवक्ता ९एटोर्नी जनेरल० डा। अलिदिन फितास अलमेरीले आफ्नो निजी जहाजमा नेपाल भ्रमण गरेका छन्। उनी उडान नम्वर क्युआर ७४५१ को जहाजबाट आफ्ना ६ जना सहकर्मीसहित बिहीबार बिहान ७स्५० मा दोहाबाट काठमाण्डु आएका थिए। यहाँ आए लगत्तै अलमेरीले उपराष्ट्रपति परमानन्द झा, कानुन...
काठमाण्डु, ३ साउन –पूर्वराजा ज्ञानेन्द्र शाह परिवारसहित नागार्जुन दरबारमा बस्ने तयारी सुरु गरेका छन् । झन्डै दुई वर्षअघि देखि नागार्जुन दरबार प्रवेश नगरेका ज्ञानेन्द्रको परिवार छिट्टै सो दरबारमा जाने तयारीमा लागेको हो । छोरा पारस नेपाल आउने भएपछि पूर्वराजाको परिवार केही समय नागार्जुन र...
काठमाण्डु , २ साउन – बैंक तथा वित्तीय संस्थामा अध्यक्ष, सञ्चालक, प्रमुख कार्यकारी अधिकृत(सिइओ) तथा प्रबन्ध सञ्चालक पदमा दुई पटकभन्दा बढी उक्त पदमा निर्वाचित, मनोनित वा नियुक्त हुन नसक्ने व्यवस्था गरिएको छ । नेपाल राष्ट्र बैंकद्वारा आज सार्वजनिक आर्थिक वर्ष २०७१–७२ को मौद्रिक नीतिले...
काठमाण्डु , २ साउन – त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा २०७० मङ्सिर–पुस महिनामा सञ्चालित मानविकी तथा सामाजिकशास्त्र सङ्कायतर्फ स्नातक तह चारवर्षे बिएफए (चित्रकला, मूर्तिकला र सङ्गीत) विषयको प्रथम वर्ष (२०७०) को परीक्षाको परीक्षाफल प्रकाशित भएको छ । यस्तै, २०७० सालमा सञ्चालित मानविकी तथा...
काठमाण्डु , २ साउन – एमाले अध्यक्ष केपी शर्मा ओलीले एमालेमा अब गुटबन्दी सकिएको बताएका छन् । शुक्रबार बसेको नवनिर्वाचित पहिलो केन्द्रीय कमिटीको बैठकमा ओलीले एमालेलाई गुटविहीन पार्टी बनाएर असल अभ्यास गर्न सवै नेताहरुलाई आग्रह गरेका छन् । ओलीले निर्वाचनमा भएका समूहलाई आजदेखि नै अन्त्य...
काठमाण्डु , २ साउन – बागमती नदीमा पानी नभएको र फोहोर दुर्गन्ध मात्रै भएको भन्ने कुरा आमरुपमा आइरहेको बेला सोही नदीमा जलविद्युत् आयोजना निर्माणको प्रक्रिया अगाडि बढाइने भएको छ । सरकारले केही दिन पहिले मात्र सो नदीमा जलविद्युत् आयोजना निर्माणका लागि निजी क्षेत्रको एक...
काठमाण्डु, २ साउन – सरकारले इराकमा जारी द्वन्द्वका कारण अलपत्र परेका ११ जना नेपालीलाई उद्धार गरेको छ । कुर्दिस्तान प्रान्तको एर्बिलका साथै किर्कुक र टिक्रिट सहरबाट उद्धार गरिएका उनीहरू आज राति राजधानी आइपुग्ने भएका छन् । केही दिनको प्रयासपछि उनीहरूलाई उद्धार गरी स्वदेश फर्काउन...
काठमाण्डु , २ साउन – पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दलाई निर्वाचन आयोगले राप्रपाको वैधानिक अध्यक्ष मान्न अस्वीकार गरेको छ । चन्दले आफू राप्रपाको अध्यक्ष भएको दावीसहित आयोगमा निवेदन दिएका थिए । तर, आयोगले भने पशुपतिसमशेर राणा पक्षलाई बैधानिकता दिएको छ । चन्दको कुनै डकुमेन्ट नै छैन, विधान...
भक्तपुर, २ साउन – मध्यपुरथिमि नगरपालिका–१४ स्थित स्पाइन्डिङ इन्डस्ट्रिज धागो उद्योगभित्र २२ हजार ८७० बोरा चिनी लुकाई राखिएको अवस्थामा भेटिएको छ । कालाबजारी गर्ने उद्देश्यले चिनी लुकाएको उजुरी परेपछि जिल्ला प्रशासन कार्यालय भक्तपुरका प्रशासकीय अधिकृत उमेश दाहालको नेतृत्वमा गएको टोलीले ती चिनी अवैध भएको...
बैतडी, २ साउन – उदयदेव गाविसमा घर भत्किँदा दुईको मृत्यु भएको छ भने दुई बालबालिका घाइते भएका छन् । तीन दिनदेखि लगातार परेको वर्षाले उदयदेव गाविस वडा नं ७ सोलपलाका ७० वर्षीय आनसिंह महता र उनकी श्रीमती ६४ वर्षीया सुनादेवी महताको मृत्यु भएको प्रहरीले...
काठमाण्डु, २ साउन – राष्ट्रपति डा. रामवरण यादवद्वारा नेपालको अन्तरिम संविधान, २०६३ को धारा ८७ बमोजिम पेश्की खर्च ऐन, २०७१ प्रमाणीकरण भएको छ । व्यवस्थापिका–संसद्को शुक्रबारको बैठकमा सभामुख सुवासचन्द्र नेम्बाङले राष्ट्रपतिको कार्यालयबाट प्राप्त पत्र बाचन गर्दै राष्ट्रपतिले उक्त ऐन प्रमाणीकरण गरेको जानकारी दिए ।...