समाचार

तीनाउँ खोलाले नबगाएको गुटबन्दी लुतोसँगै फाल्नुपर्छ : नेपाल

२०७१ साउन १ गते १२:२८

काठमाण्डु, १ साउन – एमालेमा नयाँ आर्थिक वर्षको सुरुवातसँगै गुटबन्दी अन्त्य भएको अध्यक्षमा पराजित माधव नेपालले बताएका छन् । एमाले नवौं महाधिवेशन समापन समारोहमा बोल्दै नेपालले तीनाउँ खोलाले नबगाएको गुटबन्दी आज साउन १ मा फालिने लुत्तोसँगै फाल्नुपर्ने आग्रह गरेका हुन् । उनले प्यानल खडा...

हतियार तथा गोलीसहित पक्राउ

२०७१ साउन १ गते ११:४५

मनाङ, १ साउन – रुकुम जिल्ला हुकाम–९ घर भएका २५ बर्षीय नविन रोका मगर र रुकुम जाङ–९ बस्ने ३८ बर्षीय उजिर रोका मगरलाई प्रहरीले चाईनिज पेस्तोल १ थान, सोको म्याग्जिनमा लोड भएको गोली ८ राउण्ड, नाम नखुलको (एके ४७ जस्तो देखिने ) लामो हतियार...

संयुक्त राष्ट्रसङ्घका उपमहासचिव सोमबार आउँदै

२०७१ साउन १ गते ११:३७

काठमाण्डु, १ साउन – संयुक्त राष्ट्रसङ्घका उपमहासचिव तथा शान्ति स्थापना विभागका प्रमुख हेर्भी लाड्सौस नेपालको दुईदिने औपचारिक भ्रमणमा आगामी सोमबार आउने भएका छन् । नेपालको पछिल्लो राजनीतिक अवस्था, संविधान लेखनका क्रममा भएका प्रगति तथा नेपाली सेना र सुरक्षा निकायको वस्तुस्थितिबारे जानकारी लिने उद्देश्यले सरकारको...

बलात्कारको आरोपमा दुई जना पक्राउ

२०७१ साउन १ गते ११:२८

कञ्चनपुर, १ साउन – एक महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले दैजी बगुनका दुई युवकलाई पक्राउ गरेको छ । दोधारा घर भई फुपूको दैजीस्थित घर जान हिँडेकी ती महिलालाई मोटरसाइकलमा पु¥याइदिने भन्दै वन क्षेत्रमा लगेर बलात्कार गरेको भनिएका दैजी बगुनका विष्णु धामी र कृष्ण अवस्थीलाई...

सात दलद्वारा आन्दोलन कार्यक्रम सार्वजनिक

२०७१ साउन १ गते ११:१३

भक्तपुर, १ साउन – मध्यपुरथिमि नगरपालिकाले आफूहरुसँग कुनै छलफल नै नगरी विभिन्न सेवामा ४० प्रतिशतदेखि ९०० प्रतिशतसम्म राजस्व वृद्धि गरेको भन्दै सात राजनीतिक दलले आन्दोलनका कार्यक्रम घोषणा गरेका छन् । नगरपालिकासँग सात बुँदे माग राख्दै मध्यपुरथिमिमा बिहिबार ती दलले संयुक्त रुपमा आन्दोलनका कार्यक्रम घोषणा...

फिफा बरियतामा जर्मनी पहिलो , नेपाल १६४ औं

२०७१ साउन १ गते ११:०५

काठमाण्डु, १ साउन – हालै सम्पन्न विश्वकप फुटबल विजेता जर्मनी फिफा बरियताको शीर्ष स्थानमा उक्लिएको छ । फिफाले बुधबार गरेको नयाँ वरियता अनुसार जर्मनी पहिलो स्थानमा उक्लिएको हो भने यसअघि शीर्ष स्थानमा रहेको स्पेन सात स्थान तल झर्दै आठौ स्थानमा आइपुगेको छ। विश्वकपमा खराब...

एमाले महाधिवेशनको औपचारिक समापन

२०७१ साउन १ गते १०:५०

काठमाण्डु,१ साउन -नेकपा एमालेको नवौँ महाधिवेशनको औपचारिक समापन भएकाे छ ।  एमाले केन्द्रीय कार्यालय, बल्खुमा विजयी उम्मेदवारलाई प्रमाणपत्र हस्तान्तरण गरिएकाे छ । आजको कार्यक्रममा निवर्तमान अध्यक्ष झलनाथ खनालले नवनिर्वाचित अध्यक्ष केपी शर्मा ओलीलाई विधिवत रुपमा पदभार हस्तान्तरण गरेका छन् । कार्यक्रमलाई निवर्तमान वरिष्ठ नेता तथा...

माग पुरा नभए काठमाण्डु ठप्प पार्ने ट्याक्सी व्यवसायीहरुको चेतावनी

२०७१ साउन १ गते १०:४९

काठमाण्डु, १ साउन – १५ दिनभित्र आफ्ना माग सरकारले पुरा नगरे सम्पूर्ण ट्याक्सी व्यवसायीहरुले सशक्त आन्दोलन गर्ने चेतावनी दिएका छन् । नेपाल राष्ट्रिय यातायात व्यवसायी सर्बोच्च महासंघ आबद्ध श्री स्वस्तिक स्वरोजगार ऋण ट्याक्सी व्यवसायी संघले माग पुरा गर्न १५ दिने अल्टिमेटम दिएको छ ।...

नहरमा डुबेर बालिकाको मृत्यु

२०७१ साउन १ गते ९:२९

पर्सा, १ साउन – खेल्ने क्रममा नहरमा डुबेर एक बालिकाको मृत्यु भएको छ । जिल्लाको महुवन गाविसको वडा नं ५ निवासी प्रेम रामकी छोरी मनिताकुमारी रामको ज्यान गएको हो । स्थानीयका अनुसार बिहान खेल्ने क्रममा उनी नहरमा डुबेकी थिइन् । स्थानीयवासीले नै बालिकाको शव...

द्वन्द्वपीडितको चाहना विपरीत बनाएका घर अलपत्र

२०७१ साउन १ गते ९:२६

कञ्चनपुर, १ साउन – कञ्चनपुरको पुनर्वास नगरपालिकामा घरबारविहीन द्वन्द्वपीडित परिवारका लागि सस्तो लागतमा निर्माण गरिएका घर अलपत्र परेका छन् । शान्ति तथा पुनर्निर्माण मन्त्रालयको द्वन्द्वोत्तर कार्यक्रमअन्तर्गत ३० लाखको लागतमा आव ०६९–७० मा ग्रामीण आवास कम्पनी लिमिटेड त्रिभुवनबस्तीले २५ वटा घर निर्माण गरेको थियो ।...

चौथो पञ्चवर्षीय मानव अधिकार राष्ट्रिय कार्ययोजना लागू

२०७१ साउन १ गते ९:१९

काठमाण्डु, १ साउन – सरकारले चौथो पञ्चवर्षीय मानव अधिकार राष्ट्रिय कार्ययोजना बिहिबारदेखि कार्यान्वयनमा ल्याएको छ । शिक्षा, स्वास्थ्यलगायत विभिन्न १८ वटा विषयलाई समेटेर कार्ययोजना तयार पारिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सहायक प्रवक्ता देवीप्रसाद थपलियाद्वारा बिहिबार जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । कार्ययोजनाले नेपाल पक्ष...

राज्यको पुनःसंरचना र राज्य शक्तिको बाँडफाँड विषयमा दलहरु सहमतिनजिक

२०७१ साउन १ गते ९:१३

काठमाण्डु, १ साउन – अघिल्लो संविधानसभा विघटन भएको मुख्य कारकका विषयमा सहमतिमा पुग्न प्रमुख दलहरुबीचमा पुनः अनौपचारिक छलफल हुने भएको छ । राज्यको पुनःसंरचना र राज्य शक्तिको बाँडफाँड विषयमा दलहरुबीचमा सहमतिमा नपुग्दा अघिल्लो संविधानसभा विघटन भएको थियो । सोही विषयमा संविधानसभा, संवैधानिक राजनीतिक– संवाद...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us