बलात्कारको आरोपमा दुई जना पक्राउ

काठमाण्डु टुडे २०७१ साउन १ गते ११:२८ मा प्रकाशित

कञ्चनपुर, १ साउन – एक महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले दैजी बगुनका दुई युवकलाई पक्राउ गरेको छ ।

दोधारा घर भई फुपूको दैजीस्थित घर जान हिँडेकी ती महिलालाई मोटरसाइकलमा पु¥याइदिने भन्दै वन क्षेत्रमा लगेर बलात्कार गरेको भनिएका दैजी बगुनका विष्णु धामी र कृष्ण अवस्थीलाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ परेका दुवै जनालाई हिरासतमा राखी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us