समाचार

सांस्कृतिक पर्व मधुश्रावणीको रौनकता

२०७१ असार ३२ गते ७:३१

जनकपुरधाम, ३२ असार – मिथिलामा सांस्कृतिक पर्व मधुश्रावनीको रौनक घर आँगनमा छाइरहेको छ । सामाजिक सांस्कृतिक परम्परामा आधारित यो पर्व वैवाहिक जीवनको प्रवेशमा पहिलो वर्ष धुमधामसँग मनाइन्छ भने त्यसपछि प्रत्येक वर्ष सो अवसरमा कथा सुन्ने सुनाउने परम्परा रहेको छ । सखी फूल लोढ चलु...

८० प्रतिशत पत्रकार र कर्मचारी अस्थायी र करार

२०७१ असार ३२ गते ७:२६

काठमाण्डु, ३२ असार – राजधानीबाट प्रकाशित हुने ब्रोडसिट दैनिकका अधिकांश श्रमजीवी पत्रकार, कर्मचारी र कामदार करारमै कार्यरत रहेको एक तथ्याङ्कमा उल्लेख छ । न्यूनतम पारिश्रमिक अनुगमन उपसमितिद्वारा उपत्यकाबाट प्रकाशित ब्रोडसिट दैनिक पत्रिकाहरुमा गरिएको एक अध्ययनले सो तथ्याङ्कसहितको प्रतिवेदन सार्वजनिक गरेको हो । न्यूनतम पारिश्रमिक...

केन्द्रीय सदस्यमा नेपाल – ओली प्यानल बराबर

२०७१ असार ३२ गते ७:१८

काठमाण्डु, ३२ असार – एमाले केन्द्रीय सदस्यहरुको मतपरिणाम आउने क्रम सुरु भएको छ । महिलातर्फका केन्द्रीय सदस्यमा श्रीमाया थकाली, रामकुमारी झाँक्री, जयन्ती राई, गरिमा शाह, ममता गिरी, सीता गिरी, गौरा प्रसाई, र सुशीला नेपाल  विजयी भएका छन् । उनीहरु नेपाल  प्यानलका हुन् । त्यस्तै...

फेसबुक प्रतिक्रियाका कारण थुनिएका रहमानले सफाइ पाए

२०७१ असार ३२ गते ६:५६

राजविराज, ३२ असार – फेसबुकमा प्रतिक्रिया लेखेका कारण थुनिएका सप्तरी पोर्ताहा गाविस–१ का मुन्ना भनिने अब्दुल रहमानलाई काठमाण्डु जिल्ला अदालतले मङ्गलबार सफाइ दिने फैसला गरेको छ । काठमाण्डु जिल्ला अदालतका न्यायाधीश कुलप्रसाद शर्माको इजलासले रहमानलाई सफाइ दिने फैसला गरेको रहमानले जानकारी दिएका छन् ।...

क्वालालम्पुरस्थित नेपाली दूतावास आइतबार पनि खुल्ने

२०७१ असार ३२ गते ६:४५

काठमाण्डु – मलेसियामा रहेका नेपाली तथा अन्य सेवाग्राहीलाई सहजरुपमा सेवा प्रवाह गर्न क्वालालम्पुरस्थित नेपाली राजदूतावासले आइतबार पनि कार्यालय सञ्चालन गर्ने भएको छ । आगामी साउन १६ गतेदेखि आइतबार पनि दूतावासले सेवा प्रवाह गर्ने निर्णय गरेको क्वालालम्पुरबाट मलेसियाका लागि नेपाली राजदूत डा निरञ्जनमानसिंह बस्न्यातले जानकारी...

व्यवस्थापिका संसद्को बैठक जारी

२०७१ असार ३२ गते ३:३९

काठमाण्डु, ३२ असार –व्यवस्थापिका संसद्को बैठक जारी छ । आजको बैठकमा  सरकारले पेश गरेको बजेटमा नीतिगत छलफल जारी रहनेछ । अर्थमन्त्री रामशरण महतले आईतबार संसद्मा पेश गरेको बजेटको नीत्गित छलफल हिजोदेखि सुरु भएको हो । बाँकी रहेका सदस्यहरुले आज आ आफ्नो धारणा राखेर नीतिगत छलफल...

मलाई केपी ओली यही, मलाई मदन पनि यही , मलाई जिवराज पनि यही……

२०७१ असार ३२ गते ३:२४

काठमाण्डु, ३२ असार – एमालेले आफूलाई मुलुककै क्रान्तिकारी कम्युनिष्ट पार्टीको सूचिमा राख्छ । र एमालेका कार्यकर्तादेखि नेतासम्मले परिवर्तन, जनता, र कम्युनिष्ट आदर्शका कुरा चर्का गर्छन् । नेताले भन्दा पनि कार्यकर्ता छोइनसक्नुका क्रान्तिकारीताका पाठ पढाउन पछि पर्दैनन् । तर मंगलबार सम्पन्न एमालेको ९ औं महाधिवेशनमा...

पराजित नेताहरु भन्छन् ‘ पार्टी एकताबद्ध हुनुपर्छ ’

२०७१ असार ३२ गते २:३५

काठमाण्डु, ३२ असार –नेकपा एमालेको नवौं महाधिवेशनमा विजयी नेताहरुले जस्तै पराजित भएकाहरुले पनि पार्टीलाई एकताबद्ध बनाएर लैजानुपर्नेमा जोड दिएका छन् । महाधिवेशनको क्रममा देखिएको गुटबन्दी र आरोपप्रत्यारोपलाई अन्त्य गरेर अघि बढ्नुपर्नेमा उनीहरुको साझा धारणा छ । पराजित भए लगत्तै केपी शर्मा ओलीलाई शुभकामना दिएका...

को हुन् ओली ?

२०७१ असार ३२ गते १:५२

काठमाण्डु, ३२ असार – अध्यक्ष निर्वाचित केपी ओली एमालेका पुराना नेतामध्ये पर्छन् । २०२३ सालदेखि राजनीतिमा प्रवेश गरी पञ्चायतकालमा १४ वर्ष जेल बसेका ओली पार्टी प्रमुख नहुँदा पनि सधैं चर्चाको केन्द्रमा रहँदै आएका थिए । माधवकुमार नेपाल झन्डै १५ वर्ष महासचिव हुँदा होस् वा झलनाथ...

ओलीले जितेपछि झलनाथले भने, राम्रो परिणाम आएको छ

२०७१ असार ३१ गते १६:४५

काठमाण्डु, ३१ असार नेकपा एमालेका निवर्तमान अध्यक्ष झलनाथ खनालले नवौं महाधिवेशनमा नेतृत्व चयनका लागि भएको निर्वाचनको परिणाम राम्रो आएको प्रतिक्रिया दिएका छन् । निर्वाचन परिणाम आएपछि दशरथ रंगशालास्थित कबर्ड हलबाट बाहिरिनेक्रममा मंगलबार सञ्चारकर्मीसँग खनालले नयाँ परिणामले पार्टी एकता र सुदृढिकरणका लागि सहयोग गर्ने दाबी...

माधव नेपालसँग सम्बन्ध सुधार्न तयार छुः ओली

२०७१ असार ३१ गते १६:२४

काठमाण्डु,३१ असार- नेकपा एमालेका नवनिर्वाचित अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीमा नेतृत्व परिवतन हुँदैमा सरकारमा कुनै फेरबदल नहुने बताएका छन् । अध्यक्ष निर्वाचित भएलगत्तै एक टेलिभिजनलाई दिएको अन्तर्वार्तामा ओलीले तत्काल सरकार परिवर्तन नहुने बताएका हुन् । उनले आफ्नो ध्यान प्रधानमन्त्री पदमा केन्द्रित नरहेको स्पष्ट...

अर्थमन्त्री महतविरुद्ध संसदमा यसरी खनिए अमरेश

२०७१ असार ३१ गते १५:४२

काठमाण्डु, ३१ असार –  सत्तारुढ नेपाली काँग्रेसका सभासद नै अर्थमन्त्री रामशरण महतविरुद्ध खनिएका छन् । व्यवस्थापिका संसदमा मंगलबार बजेटमाथिको छलफलमा भाग लिँदै काँग्रेस सभासद् अमरेशकुमार सिंहले विदेशी र धनी वर्गको स्वार्थमा बजेट ल्याएको भन्दै चर्को आलोचना गरे । उनले अमेरिका, विश्वबैंक र एशियाली विकास...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us