मलाई केपी ओली यही, मलाई मदन पनि यही , मलाई जिवराज पनि यही……

काठमाण्डु टुडे २०७१ असार ३२ गते ३:२४ मा प्रकाशित

Uml-new-logoकाठमाण्डु, ३२ असार – एमालेले आफूलाई मुलुककै क्रान्तिकारी कम्युनिष्ट पार्टीको सूचिमा राख्छ । र एमालेका कार्यकर्तादेखि नेतासम्मले परिवर्तन, जनता, र कम्युनिष्ट आदर्शका कुरा चर्का गर्छन् ।

नेताले भन्दा पनि कार्यकर्ता छोइनसक्नुका क्रान्तिकारीताका पाठ पढाउन पछि पर्दैनन् । तर मंगलबार सम्पन्न एमालेको ९ औं महाधिवेशनमा भने एमालेको क्रान्तिकारीता, कम्युनिष्ट पारा भूँइमा छताछुल्ल गरी देखियो ।

दिउँसैदेखि माधवकुमार नेपाल र केपी शर्मा ओलीबीच मतगणना तिव्र प्रतिस्पर्धामा जाँदा कार्यकर्ता दुई धारमा बिभाजित भएर चियापसलदेखि दशरथ रंगशालाको गेटसम्म टिकाटिप्पणी गर्दै गरेको अवस्थामा भेटिन्थे ।

साँझ माधव नेपाललाई पछि पार्दै केपी शर्मा ओली जितको नजिक पुगेको समाचार आयो । त्यसपछि हुलका हुल कार्यकर्ता मतगणनास्थलको बाहिरपट्टीको सडकको नारा लगाउन सुरु गरिहाले । त्यत्तिकैमा अर्को हुल साउण्ड स्टिम बोकेर आइपुग्यो ।

ओलीले जितेको खुशीयालीमा शुभेच्छुक र कार्यकर्ताले मतगणता वरीपरी भिड लाग्यो । अनि एकाएका यस्तो गीत बज्यो ।
चिन्ता छैन केही, मलाई अमेरिका यही,
मलाई यूरोप नि यही…. यो पशुपति शर्माको दोहोरी गीत थियो । यो गीतमा आफ्ना शव्द हालेर गीत गाउने थपिए ।

10540398_794204310613419_386842980932722161_n
चिन्ता छैन केही, मलाई केपी ओली यही,
मलाई मदन पनि यही , मलाई जिवराज पनि यही…….. ।

केपी ओलीको फोटा हातमा लिएर नाच्चेको तछाड मछाड थियो ।

कम्युनिष्ट क्रान्तिकारी पार्टीको एउटा बिशिष्ट कार्यक्रममा त्यस्तै प्रकृतिका गीत बज्नु स्वभाविक हो तर एकाएक दोहोरी गीत बजेपछि केही कार्यकर्ता भन्दै थिए गीत अलि मिलेन ।

 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us