भोलि बोलाइएको प्रतिनिधिसभा बैठक सूचना टाँस गरेर स्थगित

काठमाण्डु टुडे २०८३ असार १० गते १५:०४ मा प्रकाशित

काठमाण्डू, १० असार– भोलि (बिहीबार) का लागि बोलाइएको प्रतिनिधिसभा बैठक स्थगित भएको छ । संघीय संसद् सचिवालयले बैठक सूचना टाँसेरै यसबारे जानकारी गराएको हो ।

बिहीबार बिहान ११ बजे बस्नेगरी बैठक बोलाइएको थियो । उक्त समयमा बैठक विशेष कारणबस बस्न नसक्ने भन्दै संसद् सचिवालयले स्थगित भएको जानकारी गराएको हो । संसद्का महासचिव पद्मप्रसाद पाण्डेयका अनुसार, शुक्रबार दिउँसो १ बजे बस्ने छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us