मन्त्रालयको संख्या घटाएको सरकारले मन्त्रीका स्वकीयको संख्या ९ पुर्यायो

काठमाण्डु टुडे २०८३ असार १० गते १५:३८ मा प्रकाशित

काठमाण्डू, १० असार– खर्च कटौती गर्न भन्दै मन्त्रालयको संख्या २२ बाट हटाएर १८ मा झारेको राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह नेतृत्वको सरकारले मन्त्रीका स्वकीयहरूको संख्या भने बढाएको छ ।

यसअघि मन्त्रीहरूले विभिन्न तहमा स्वकीय सचिवालयमा ७ कर्मचारी राख्न पाउनेमा त्यो संख्या बढाएर ९ पुर्‍याइएको छ । गत वैशाख २ गते बसेको मन्त्रिपरिषद् बैठकले त्यस्तो निर्णय गरे पनि कार्यान्वयनका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले बल्ल मन्त्रालयहरूमा पत्राचार गरिरहेको हो ।

प्रधानमन्त्री कार्यालयका एक सचिव भन्छन्, ‘खर्च कटौती गर्न मन्त्रालयको संख्या घटाउने मन्त्रीका स्वकीय सचिवलयमा भने नियुक्त गर्न पाउने संख्या बढाउने गर्दा आलोचन हुने डरले निर्णय कार्यान्वयनका लागि पठाइएको थिएन । अब पठाउन सुरु गरेका छौँ । केही मन्त्रालयमा पठाइसकियो, केहीमा पठाउने प्रक्रियामा छौँ ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us