रास्वपा केन्द्रीय सदस्यमा प्रमोद न्यौपानेले दिए उम्मेदवारी

काठमाण्डु टुडे २०८३ असार १० गते १४:३६ मा प्रकाशित

काठमाण्डू, १० असार– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रमोद न्यौपानेले केन्द्रीय सदस्य पदका लागि उम्मेदवारी दिएका छन् । सभापति रवि लामिछानेको विश्वासपात्रमध्येका एक न्यौपानेले खुल्लातर्फ उम्मेदवारी दिएका हुन् ।

उनले आज पहिलो चरणको निर्वाचनमा केन्द्रीय सदस्य र निर्वाचित ९९ सदस्यीयबाट पदाधिकारी निर्वाचित गर्ने बताए । प्राविधिक कारणले मतदानमा केही विलम्ब भइरहेको उनको भनाइ छ ।

उनले महाधिवेशन प्रतिनिधिलाई भनेका छन्, ‘आगामी ५ वर्ष सङ्गठन हाँक्ने सक्षम, योग्य व्यक्तिहरूलाई मतदानका लागि आग्रह गर्दछु।

किनकि मतदान गर्दा हामीले विवेक पुर्‍याउन सकेनौँ भने ५ वर्षसम्म आउने नेतृत्वले सङ्गठनलाई सही ढङ्गबाट, पार्टीलाई सही ढङ्गबाट अगाडि बढाउन सक्दैन ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us