व्यवस्थापिका संसद्को बैठक जारी

काठमाण्डु टुडे २०७१ असार ३२ गते ३:३९ मा प्रकाशित

ca houseकाठमाण्डु, ३२ असार –व्यवस्थापिका संसद्को बैठक जारी छ । आजको बैठकमा  सरकारले पेश गरेको बजेटमा नीतिगत छलफल जारी रहनेछ ।

अर्थमन्त्री रामशरण महतले आईतबार संसद्मा पेश गरेको बजेटको नीत्गित छलफल हिजोदेखि सुरु भएको हो । बाँकी रहेका सदस्यहरुले आज आ आफ्नो धारणा राखेर नीतिगत छलफल सकि पेश्कि खर्च विधेयक पारित गर्ने तयारी छ ।

पेश्कि खर्च विधेयक पारित नभए सरकारले भोलीबाट खर्च गर्न नपाउने हुँदा दुईदिन छलफल गरि पारित गर्ने तयारी भएको संसद् सचिवालयले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us