अर्थमन्त्री महतविरुद्ध संसदमा यसरी खनिए अमरेश

काठमाण्डु टुडे २०७१ असार ३१ गते १५:४२ मा प्रकाशित

काठमाण्डु, ३१ असार –  सत्तारुढ नेपाली काँग्रेसका सभासद नै अर्थमन्त्री रामशरण महतविरुद्ध amreshखनिएका छन् ।
व्यवस्थापिका संसदमा मंगलबार बजेटमाथिको छलफलमा भाग लिँदै काँग्रेस सभासद् अमरेशकुमार सिंहले विदेशी र धनी वर्गको स्वार्थमा बजेट ल्याएको भन्दै चर्को आलोचना गरे । उनले अमेरिका, विश्वबैंक र एशियाली विकास बैंक तथा नेपालको धनी वर्गको स्वार्थ अनसार बजेट आएको  टिप्पणी गरे ।
‘वास्तवमा यो बजेट हाम्रो अर्थमन्त्रीले जुन वर्गलाई प्रतिनिधित्व गर्नुहुन्छ, त्यो अनुसारको छ । उहाँले नेपाल भित्रको फ्यूडल क्लासलाई प्रतिनिधित्व गर्नुहुन्छ,’  सिंहले भने,  ‘विदेशको हिसाबले पनि उहाँ एडिबी र विश्वबैंकको प्रतिनिधित्व गर्नुहुन्छ, त्यसैले बजेट त्यो अनुसारको छ । देशको समस्या के हो रु गरीबी कसरी दुर गर्ने भन्ने रु त्यसलाई बजेटले छोएको छैन ।’
अर्थमन्त्री महतले पहिले ल्याएका बजेट र अहिलेको बजेटमा कुनै फरक नरहेको   आरोप उनले लगाए । महतको आमनागरिकसँग कुनै साइनो नरहेको र गरिबको भान्साका बारेमा अनभिज्ञ रहेको टिप्पणी गरे । महतको गरिब जनतासँग साइनो रहेको र उनी गरिबको भान्सामा गएको पुष्टि भए आफूले राजनीतिबाट सन्यास लिने चेतावनी दिए । अर्थमन्त्री महतले गरिब नेपालीको हितमा नभई विदेशी शक्तिको स्वार्थ पूरा गर्न बजेट आएको जिकिर गरे ।
‘बजेटले शान्ति ल्याउन सक्दैन । जो जुन वर्गको हुन्छ, त्यसले त्यही वर्गको प्रोटेक्ट गर्छ । उहाँले एउटा पनि डाईनिङ हलको मिटिङ आमनागरिकसँग गर्नुभयो भने म रोष्ट्रममा भन्छु आजदेखि राजनीति छोडिदिन्छु ।’  बजेट इण्डिया फ्रेण्डली र चाइना फ्रेण्डली नभएको उनले बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us