समाचार

एमाओवादी विकास विरोधी नभएकाले बजेट कार्यान्वयन हुन्छ : अर्थमन्त्री

२०७१ साउन १ गते ९:०४

काठमाण्डु, १ साउन – अर्थमन्त्री डा. रामशरण महतले पेश्की खर्च बजेट पारित हुने वित्तिकै आफूले बजेट कार्यान्वयनको लागि पहल थालिसकेकोले यस पटक सत प्रतिशत बजेट कार्यान्वयन हुने दावी गरेका छन् । रिपोर्टर्स क्लब नेपालले बिहीबार आयोजना गरेको साक्षात्कारमा उनले भने–मैले पेश्की खर्च विधेयक पास...

२० वर्ष देखि नवीकरण नै नगरी सयौं सङ्घसंस्था सञ्चालन

२०७१ साउन १ गते ७:२२

सोलुखुम्बु, १ साउन –  जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुमा दर्ता भएका सङ्घसंस्थाहरुले समयमा नवीकरण नगराउने र जरिवानासमेत नबुझाउने गरेको पाइएको छ । विसं २०५८ पछि जिल्लामा दर्ता भएका ४५० भन्दा बढी सङ्घसंस्थामध्ये दुई तिहाइभन्दा बढीले समयमा नवीकरण नगर्ने र जरिवानासमेत नबुझाएको जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुले जनाएको...

आत्महत्याको नक्कल गर्दा १२ वर्षीय बालकको गयो ज्यान

२०७१ साउन १ गते ७:१४

सुन्दरीजल, १ साउन – छिमेकमा एक व्यक्तिले आत्महत्या गरेपछिको दृश्य हेर्न पुगेका कक्षा ५ मा अध्ययनरत एक बालकले बुधबार आफू बस्दै आएको घरमै झुन्डिएर आत्महत्या गरेका छन् । ओखलढुङ्गा जिल्ला कुहीभीर– ७ स्थायी घर भई हाल नयाँपाटी– ४ बस्दै आएका १२ वर्षीय सिद्धार्थ कोइरालाले...

बसको ठक्करबाट एकको मृत्यु

२०७१ साउन १ गते ४:१३

काठमाण्डु,१ साउन – राजविराजबाट काठमाण्डु आउन लागेको ना ५ ख १२६८ नम्बरको रात्रिबसले भैरहवाबाट वीरगन्जतर्फ गइरहेको लु १८ प ७१८८ नम्बरको मोटरसाइकललाई हेटौँडा नारायणढ सडकखण्डको बसामाढीमा आज बिहान ठक्कर दिँदा मोटरसाइकल चालकको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक भारत घर भई...

आजदेखि ढुंगा गिट्टी भारत निकासीमा रोक

२०७१ साउन १ गते ४:०८

काठमाण्डु,१ साउन – चुरे क्षेत्रको संरक्षणका लागि सरकारले ढुंगा, गिट्टी र बालुवालगायतका निर्माण तथा नदीजन्य प्राकृतिक वस्तु भारत निकासीमा आजदेखि रोक लगाएको छ । त्यसका लागि संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले आजदेखि लागूहुने गरी उत्खनन् अनुमति नदिन ७५ वटै जिल्ला विकास समितिहरुलाई निर्देशन...

संवैधानिक समितिको बैठक जारी

२०७१ साउन १ गते ४:०६

काठमाण्डु,१ साउन -संविधानसभाको राजनीतिक संवाद तथा सहमति समितिको बैठक बसिरहेको छ । संविधानसभा सचिवालय सिँहदरबारमा जारी बैठकमा अभिलेख अध्ययन तथा निक्र्यौल समितिको तत्कालिन राज्यको पुनसंरचना तथा राज्यको बाँडफाँड समितिको असहमतिको प्रतिवेदनमा छलफल भइरहेको छ । प्रदेशको संख्या, सीमांकन तथा नामांकन र आधारका विषयमा दलहरुबीच...

आज साउने संक्रान्ति

२०७१ साउन १ गते ३:५५

काठमाण्डु,१ साउन -आज देशभर साउने संक्रान्ति पर्व मनाइदैछ । सौरमान अनुसार सूर्य दक्षिणतिर सरेर ठीक कर्कटरेखामाथि पुग्ने हुनाले आजको दिनलाई कर्कट संक्रान्ति पनि भनिन्छ । कृषि प्रधान देशमा मानु खाई मुरी उब्जाउने भन्ने कथन अनुसार असार महिनाभर गरेको खेतीपातीको कामबाट थकित किसानले हिलोमैलो पखाली...

मधेशी र पिछडिएको क्षेत्रमा ओली प्यानलको बहुमत

२०७१ असार ३२ गते १३:२९

काठमाण्डु, ३२ असार – मधेशी आरक्षण कोटामा केपी ओली प्यानलका बहुमत उम्मेदवारले केन्द्रीय सदस्यमा जितेका छन् । ओली पक्षबाट रामप्रित पासवान, श्रीप्रसाद साह, कमलादेवी महतो र बलवीर प्रसाद चौधरी केन्द्रीय सदस्यमा बिजयी भएका छन् । त्यस्तै माधव नेपाल प्यानलका सत्रुघन महतो र रत्नेश्वर गोइत बिजयी...

११ हजार भोल्टेजले तान्दा एक घाइते

२०७१ असार ३२ गते १३:१८

काठमाण्डु, ३२ असार – ११ हजार भोल्टेज (हाई टेन्सन) विद्युतले तान्दा नेपालटार गाविसमा एक युवक घाइते भएका छन् । घरको वरण्डामा लुगा सुकाउन जाँदा अचानक करेन्टले तानेर सडकमा खस्दा उनी गम्भिर घाइते भएका हुन् । हाल उनको त्रिवि शिक्षण अस्पतालमा उपचार भैरहेको छ ।...

विजयी खुला एमाले केन्द्रीय सदस्यहरू (मतसहित)

२०७१ असार ३२ गते १२:४९

काठमाण्डु, ३२ असार –  एमाले निर्वाचनमा पदाधिकारीमा पराजित भएका माधवकुमार नेपालसहित अधिकांश केन्द्रीय सदस्यमा विजयी भएका छन् । नेपालसँगै सुरेन्द्र पाण्डे, राजेन्द्र पाण्डे, लालबाबु पण्डित, पर्शुराममेघी गुरुङसहितका नेताहरु केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् । ओली पक्षका पदाधिकारी उम्मेदवार शंकर पोखरेल, विष्णु रिमालसहितका नेताहरु पनि केन्द्रीय...

सम्वन्धविच्छेद गरेको एक वर्ष नवित्दै स्वास्थ्यमन्त्रीले गरे दोस्रो विवाह

२०७१ असार ३२ गते १२:२७

काठमाण्डु, ३२ असार – स्वास्थ्य तथा जनसंख्यामन्त्री खगराज अधिकारीले दोस्रो विवाह गरेका छन्। अधिकारीले मंगलबार ४० वर्षीय रमा पाण्डेलाई जीवनसंगिनीको रुपमा काठमाण्डु ललितपुर पुल्चोकस्थित मन्त्री निवास भित्राएका हुन्। एमाले नेता स्वास्थ्य तथा जनसंख्यामन्त्री अधिकारीले पहिलेकी श्रीमती इन्द्रकला बरालसँग सम्वन्ध विच्छेद गरेको एक वर्ष नवित्दै दोस्रो...

ओली अध्यक्ष हुँदैमा सरकार परिवर्तन हुदैन : राणा

२०७१ असार ३२ गते १२:२६

भक्तपुर, ३२ असार – राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपतिशम्शेर राणाले एमालेमा नयाँ नेतृत्व आएपनि सरकारको समीकरणमा परिवर्तन नहुने बताएका छन् । रफत सञ्चार क्लव भक्तपुरले बुधबार आयोजना गरेकोे साक्षात्कार कार्यक्रममा नेता राणाले तत्काल सरकार परिवर्तन नहुने दाबी गरेका हुन् । ओली एमाले अध्यक्षमा निर्वाचित...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us