काठमाण्डु, ३२ असार – मधेशी आरक्षण कोटामा केपी ओली प्यानलका बहुमत उम्मेदवारले केन्द्रीय सदस्यमा जितेका छन् ।
ओली पक्षबाट रामप्रित पासवान, श्रीप्रसाद साह, कमलादेवी महतो र बलवीर प्रसाद चौधरी केन्द्रीय सदस्यमा बिजयी भएका छन् । त्यस्तै माधव नेपाल प्यानलका सत्रुघन महतो र रत्नेश्वर गोइत बिजयी भएका छन् ।
ओली पक्षका देवनारायण यादव, जगदीश प्रसाद कुसियत र नेपाल समूहका सत्यनारायण यादव तथा यदुवंश झाको मत बराबर भएको छ । यीमध्ये तीन जना केन्द्रीय सदस्य चुनिनेछन् । बराबर मत भएकाको हकमा गोला प्रथा गर्ने बारेमा निर्वाचन समितिमा छलफल चलेको छ ।
यता पिछडिएको क्षेत्रका तीनैजना उम्मेदवार केपी ओली प्यानलका जितेका छन् । पिछडिएको क्षेत्रबाट बिजयी हुनेहरुमा लालवहादुर थापा र भैरसुन्दर श्रेष्ठ पूर्ण र मोहन बानिया बैकल्पिक केन्द्रीय सदस्य भएका छन् ।
सम्पर्क बिभागतर्फको केन्द्रीय सदस्यमा भने नेपाल पक्षका बिजय गुरुङले बिजय पाएका छन् ।