संवैधानिक समितिको बैठक जारी

काठमाण्डु टुडे २०७१ साउन १ गते ४:०६ मा प्रकाशित

काठमाण्डु,१ साउन -संविधानसभाको राजनीतिक संवाद तथा सहमति समितिको बैठक बसिरहेको छ । संविधानसभा सचिवालय सिँहदरबारमा जारी बैठकमा अभिलेख अध्ययन तथा निक्र्यौल समितिको तत्कालिन राज्यको पुनसंरचना तथा राज्यको बाँडफाँड समितिको असहमतिको प्रतिवेदनमा छलफल भइरहेको छ ।

प्रदेशको संख्या, सीमांकन तथा नामांकन र आधारका विषयमा दलहरुबीच विवाद छ । समितिमा सबै दलको प्रतिनिधित्व हुने गरी सानो आकारको उपसमिति बनाएर सहमतिको प्रयास गर्न समितिका सदस्यहरुले सुझाब दिइरहेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us