आजदेखि ढुंगा गिट्टी भारत निकासीमा रोक

काठमाण्डु टुडे २०७१ साउन १ गते ४:०८ मा प्रकाशित

काठमाण्डु,१ साउन – चुरे क्षेत्रको संरक्षणका लागि सरकारले ढुंगा, गिट्टी र बालुवालगायतका निर्माण तथा नदीजन्य प्राकृतिक वस्तु भारत निकासीमा आजदेखि रोक लगाएको छ ।

त्यसका लागि संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले आजदेखि लागूहुने गरी उत्खनन् अनुमति नदिन ७५ वटै जिल्ला विकास समितिहरुलाई निर्देशन दिएको छ । बाणिज्य तथा आपूर्ति मन्त्रालयले असार २३ गते राजपत्रमा सूचना प्रकाशित गरि ढुंगा गिट्टी भारत निकासीमा रोक लगाएपछि स्थानीय विकास मन्त्रालयले आज बाट रोक लगाएको हो ।

स्थानीय विकास मन्त्रालयका प्रवक्ता दिनेश थपलियाका अनुसार आजदेखि असोजसम्म स्थानीय निकासीमा पनि रोक लगाइने छ । सरकारले पूर्वको इलामदेखि पश्चिमको कञ्चनपुरसम्मका ३६ जिल्लालाई चुरे क्षेत्र घोषणा गरेको छ ।

ती जिल्लामा पर्ने ४ सय ३० गाविस र नगरपालिका क्षेत्रबाट ढुंगा गिट्टी निकासी गर्न पाइने छैन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us