काठमाण्डु , २ साउन – भूमिसुधार तथा व्यवस्थामन्त्री दलबहादुर रानाले दुई वर्षभित्र हलिया, कमैया तथा सुकुम्बासी समस्या समाधान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । चौधौँ कमैया मुक्ति दिवसका अवसरमा मुक्त कमैयाको पुनःस्थापनाका लागि बेस र विश्वपरिदृष्य वकालत मञ्चले शुक्रबार आयोजना गरेको एक कार्यक्रममा मन्त्री...
कञ्चनपुर, २ साउन – कञ्चनपुरको भीमदत्त नगरपालिका भगतपुरकी १६ वर्षीया एक युवतीमाथि चारजनाले गएराति सामूहिक बलात्कार गरेका छन् । बलात्कार गर्ने चारै जनालाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले पक्राउ गरी हिरासतमा लिएको छ । युवतीका प्रेमीले कोठामा बोलाएर सामूहिक बलात्कार गरिएको प्रहरीले बताएको छ ।...
काठमाण्डु , २ साउन – सभामुख सुवाचन्द्र नेम्बाङले सांसदहरूलाई विषयवस्तुबाट नबहकिन र संसदीय प्रक्रियाको हेक्का राख्न आग्रह गरेका छन् । व्यवस्थापिका–संसद्को शुक्रबारको बैठकमा शून्य समयको कारबाही जारी रहँदा केही सांसदले पटकपटक हात उठाउने र केहीले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउन उपलब्ध गराइएको उक्त समयको...
प्युठान, २ साउन – उत्तरी प्युठानको खवाङ–२ मौरीबाङमा श्रीमान्ले श्रीमतीलाई मरणासन्न हुने गरी कुटपिट गरेपछि आफैले आत्महत्या गरेका छन् । एक्काइस वर्षीय धनबहादुर सुनारले अन्दाजी १८ वर्षीया श्रीमती सुमित्रा सुनारलाई मरणासन्न हुने गरी कुटपिट गरेपछि आफैँ आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।...
अछाम, २ साउन – अछाममा नेपाल प्रहरीका सहायक निरीक्षकबाट १५ वर्षीया एक किशोरी बलात्कृत भएकी छिन् । घुघुरकोट–२ की ती किशोरीलाई प्रहरी सहायक निरीक्षक लालमणि नाथले जबर्जस्ती करणी गरेको आरोपसहित प्रहरीमा जाहेरी परेको छ । किशोरीका आफन्तले नाथविरुद्ध बिहीबार जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएका...
प्युठान, २ साउन – यस जिल्लाको रजवारा–१ निवासी बमबहादुर केसीले आफ्नै घरमा आगो लगाएका छन् । श्रीमान्–श्रीमतीबीचमा सामान्य झगडापछि श्रीमती माइत गएको समयमा २६ वर्षीय केसीले आफ्नो घरमा आगो लगाएको स्थानीयवासीले बताएका छन् । केसीका बाबु, आमा र भाइ भारतमा रोजगारीको सिलसिलामा गएको र...
काठमाण्डु, २ साउन – सातै महादेशका सर्वोच्च शिखर आरोहण गर्ने अभियानका क्रममा उत्तर अमेरिकाको सर्वोच्च हिमाल डेनालीको हालै सफल आरोहण गरेका नेपाली महिला पवर्तारोही टोली र संयुक्तराज्य अमेरिकाका विदेशमन्त्री जोन केरीबीच बिहिबार ह्वाइट हाउसमा भेटवार्ता भएको छ । भेटघाटमा टोलीलाई बधाई दिँदै महिला टोली...
काठमाण्डु, २ साउन – व्यवस्थापिका–संसद्को शुक्रबार बसेको बैठकको शून्य समयमा सांसद्हरूले समसामयिक राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय विषयमा सदन र सरकारको ध्यानाकर्षण गराएका छन् । उनीहरूले खानेपानी, स्वास्थ्य, सञ्चारजस्ता आधारभूत सेवा तथा सडक, पुलपुलेसालगायत भौतिक पूर्वाधारबाट वञ्चित स्थानीय तहका जनताले झेल्नुपरेका सास्तीको फेहरिस्त प्रस्तुत गर्दै तत्काल...
काठमाण्डु , २ साउन – नवजात शिशुको मृत्युदर उच्च रहेको नेपाललाई कसरी त्यसमा कमी ल्याउने भन्ने सरकारलाई चिन्ताको विषय भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, विश्व स्वास्थ्य सङ्गठन, सेभ दि चिल्ड्रेन, युएसआइडीलगायत नेपालको स्वास्थ्य क्षेत्र सुधारका लागि काम गरिरहेका विभिन्न दातृ निकायले गरिरहेको...
काठमाण्डु, २ साउन –नेकपा माओवादीका उपाध्यक्ष एवं पूर्व परराष्ट्र मन्त्री नारायणकाजी श्रेष्ठले वर्तमान संविधानसभाले संविधान बनाउन नसके नेपालमा कहिल्यै संविधान नलेखिने बताएका छन् । जसरी पनि तोकिएको समयमा संविधान लेखिनैपर्छ, अरु उपाय छैन,पार्टी कामको सिलसिलामा दिल्ली आइपुगेका एमाओवादीका अन्तर्राष्ट्रिय विभागका इन्चार्जसमेत रहेका श्रेष्ठले भने...
काठमाण्डु, २ साउन – सेती नदीमा बाढी आउँदा पोखराको रामघाटका ७ घर डुवानमा परेका छन् । बाढीका कारण पोखरा उप–महानगरपालिका वडा नम्बर १० रामघाटको सुकुम्बासी बस्तीका घरहरु डुवानमा परेको हो । नदीमा पानीको सतह बढेपछि बिहान करिब ३ बजेतिर डुवानमा परेका घरका ५ जनालाई प्रहरीले...
काठमाण्डु, २ साउन – नेकपा एमालेको नबनिर्बाचित केन्द्रिय कमिटिको बैठक बस्दैछ । पार्टी मुख्यालय बल्खुमा बस्ने बैठकमा दिउसो १ बजे बस्ने बैठकमा छलफल हुने एमालले जनाएको छ । यसअघि एमालको हिजो दुई सातासम्म चलेको ९औं राष्ट्रिय महाधिवेशन नयाँ नेतृत्वलाई प्रमाणपत्र वितरण पद हस्तान्तरण र...