संसद भवनमा नबहकिन सभामुखको आग्रह

काठमाण्डु टुडे २०७१ साउन २ गते ८:४६ मा प्रकाशित

काठमाण्डु , २ साउन – सभामुख सुवाचन्द्र नेम्बाङले सांसदहरूलाई विषयवस्तुबाट नबहकिन र संसदीय प्रक्रियाको हेक्का राख्न आग्रह गरेका छन् ।

subash nembangव्यवस्थापिका–संसद्को शुक्रबारको बैठकमा शून्य समयको कारबाही जारी रहँदा केही सांसदले पटकपटक हात उठाउने र केहीले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउन उपलब्ध गराइएको उक्त समयको ख्याल नगरी बजेट र विनियोजन विधेयकका विविध विषयमा अभिव्यक्ति दिएपछि सभामुखले त्यस्तो आग्रह गरेका हुन् ।

“पटकपटक हात किन उठाएको ? शून्य समयको प्रक्रिया जारी हुँदा नियमापत्ति गर्न पाइन्छ, प्रक्रियागत रुपमा नाम लेखाएपछि घरिघरि हात उठाउन पाइँदैन” – सभामुखले ती सांसदलाई सदनको कारबाहीबारे स्मरण गराए ।

त्यस्तै, सूर्यप्रकाश बालाराईले विशेष समयमा लिखित मन्तव्य व्यक्त गर्ने क्रममा ‘मेरा कुरा ओझेलमा परे’ भनेपछि सभामुखले बोल्न समय पाइरहेको व्यक्तिले नबोलेर किन असान्दर्भिक अभिव्यक्ति दिएको भन्दै सांसद राईको ओझेलमा प¥यो भन्ने वाक्यांश ‘रेकर्ड’बाट हटाउन संसद् सचिवालयका कर्मचारीलाई निर्देशन दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us