श्रीमतीसँग झगडा परेपछि घरमा आगो

काठमाण्डु टुडे २०७१ साउन २ गते ८:०९ मा प्रकाशित

प्युठान, २ साउन – यस जिल्लाको रजवारा–१ निवासी बमबहादुर केसीले आफ्नै घरमा आगो लगाएका छन् ।

श्रीमान्–श्रीमतीबीचमा सामान्य झगडापछि श्रीमती माइत गएको समयमा २६ वर्षीय केसीले आफ्नो घरमा आगो लगाएको स्थानीयवासीले बताएका छन् ।

केसीका बाबु, आमा र भाइ भारतमा रोजगारीको सिलसिलामा गएको र केही वर्षदेखि उतै बस्दै आएका छन् । आगो स्थानीयवासीले नियन्त्रणमा लिएका छन् । घरमा खान र लगाउनसमेत समस्या पर्ने गरेको भन्दै श्रीमती सावित्रा केसीले आफू साउने सङ्क्रान्ति मान्न लागि माइत गएको समयमा आगो लगाएको बताइन् । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us