प्रेमीले केटा बोलाएर प्रेमीकामाथि सामूहिक बलात्कार

काठमाण्डु टुडे २०७१ साउन २ गते ९:१४ मा प्रकाशित

कञ्चनपुर, २ साउन – कञ्चनपुरको भीमदत्त नगरपालिका भगतपुरकी १६ वर्षीया एक युवतीमाथि चारजनाले गएराति सामूहिक बलात्कार गरेका छन् ।

बलात्कार गर्ने चारै जनालाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले पक्राउ गरी हिरासतमा लिएको छ ।

युवतीका प्रेमीले कोठामा बोलाएर सामूहिक बलात्कार गरिएको प्रहरीले बताएको छ ।

बलात्कारमा संलग्न भगतपुरका दीपक चौधरी, रमेश चौधरी, चन्द्रकान्त पन्त र युवतीका प्रेमी भनिएका सुरेन्द्र भट्टलाई पक्राउ गरिएको प्रहरी उपरीक्षक राजेन्द्रप्रसाद चौधरीले जानकारी दिए ।

युवतीको बयानका आधारमा राति २ बजेतिर चारै जनालाई पक्राउ गरी अनुसन्धान थालिएको उनले बताए ।

बलात्कृत युवतीको अवस्था सामान्य रहेको छ । बलात्कृत युवती भगतपुरमा डेरा गरी बस्दै आएकी थिइन् । पक्राउ परेका चारै जनाले बाटोमा हिाडिरहेका बेला प्रहरीले बिनाकारण पक्राउ गरी हिरासतमा राखेको बताइआएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us