पोखराको रामघाटका ७ घर डुवानमा

काठमाण्डु टुडे २०७१ साउन २ गते ३:२१ मा प्रकाशित

काठमाण्डु, २ साउन – सेती नदीमा बाढी आउँदा पोखराको रामघाटका ७ घर डुवानमा परेका छन् ।

बाढीका कारण पोखरा उप–महानगरपालिका वडा नम्बर १० रामघाटको सुकुम्बासी बस्तीका घरहरु डुवानमा परेको हो ।

नदीमा पानीको सतह बढेपछि बिहान करिब ३ बजेतिर डुवानमा परेका घरका ५ जनालाई प्रहरीले उद्दार गरेको थियो । सशस्त्र प्रहरी बलको टोलीले मोटरबोट प्रयोग गरी उनीहरुलाई उद्दार गरेको हो ।

बाढीले ती घरमा रहेका सबै सामन बगाएको छ भने आसपासका दर्जनौं घरहरु समेत जोखिममा परेका छन् । उद्दार गरिएकाहरुलाई नजिकैका अन्य घरहरुमा राखिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us