अहिले संविधान नलेखिए कहिल्यै लेखिदैन : श्रेष्ठ

काठमाण्डु टुडे २०७१ साउन २ गते ५:४० मा प्रकाशित

Narayankajiकाठमाण्डु, २ साउन –नेकपा माओवादीका उपाध्यक्ष एवं पूर्व परराष्ट्र मन्त्री नारायणकाजी श्रेष्ठले वर्तमान संविधानसभाले संविधान बनाउन नसके नेपालमा कहिल्यै संविधान नलेखिने बताएका छन् ।

जसरी पनि तोकिएको समयमा संविधान लेखिनैपर्छ, अरु उपाय छैन,पार्टी कामको सिलसिलामा दिल्ली आइपुगेका एमाओवादीका अन्तर्राष्ट्रिय विभागका इन्चार्जसमेत रहेका श्रेष्ठले भने ।

उनी जवाहलाल नेहरु विश्वविद्यालयमा अध्ययनरत नेपाली विद्यार्थीसँग बिहीबार साँझ अन्तक्रिर्यामा सहभागी थिए ।

संविधानसभाको पछिल्लो निर्वाचनमा एमाओवादी तेस्रो दल बने पनि हामीले उठाएका एजेन्डालाई पाखा लगाउन सक्ने स्थिति छैन,अखिल भारत नेपाली विद्यार्थी संघले आयोजना गरेको अन्तक्रियामा उनले भने । संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता र समावेशी बिशेषतासहितको संविधान बन्नबाट कसैले पनि रोक्न नसक्ने उनको दाबी थियो ।

विद्यार्थीको जिज्ञासामा शीर्ष नेताहरुको अपरिपक्व कार्यशैली र त्यसले निम्त्याएको असफलताका कारण नेपाल आज यो अन्यौलबाट गुज्रनु परेको नेता श्रेष्ठको भनाइ थियो । कार्यक्रममा सहभागीले संविधान निर्माण, एमाओवादीको पार्टीभित्रको अन्र्तसंघर्ष र रुपान्तरण जस्ता विषयमा जिज्ञासा राखेका थिए ।

 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us