को हुन् ओली ?

काठमाण्डु टुडे २०७१ असार ३२ गते १:५२ मा प्रकाशित

kp oliकाठमाण्डु, ३२ असार – अध्यक्ष निर्वाचित केपी ओली एमालेका पुराना नेतामध्ये पर्छन् । २०२३ सालदेखि राजनीतिमा प्रवेश गरी पञ्चायतकालमा १४ वर्ष जेल बसेका ओली पार्टी प्रमुख नहुँदा पनि सधैं चर्चाको केन्द्रमा रहँदै आएका थिए ।

माधवकुमार नेपाल झन्डै १५ वर्ष महासचिव हुँदा होस् वा झलनाथ खनाल अध्यक्ष छँदा, दुवैको कार्यकालमा ओली पार्टीभित्र शक्तिशाली नेताको रुपमा रहे ।
ओलीको सबैभन्दा ठूलो शक्ति उनको बोली र अडान हो । तीखो उखानटुक्का जोडेर बोल्ने उनको शैली समकालीन राजनीतिक अन्य नेताको भन्दा फरक छ । राजनीतिक रुपमा आफ्ना अडानबाट हत्तपत्त पछि नहट्ने र स्पष्ट बोल्ने उनको शैली छ ।

जुनसुकै विषयमा पनि कडा प्रहार र छिटो प्रतिक्रिया व्यक्त गर्ने शैलीका कारण उनी बेला–बेलामा आलोचनामा पनि पर्ने गरेका छन् ।

यति हुँदाहुँदै पनि पार्टीभित्र र बाहिर उनको लोकतान्त्रिक छवि छ । आजको कान्तिपुर दैनिकमा खबर छापिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us