केन्द्रीय सदस्यमा नेपाल – ओली प्यानल बराबर

काठमाण्डु टुडे २०७१ असार ३२ गते ७:१८ मा प्रकाशित

काठमाण्डु, ३२ असार – एमाले केन्द्रीय सदस्यहरुको मतपरिणाम आउने क्रम सुरु भएको छ ।

Uml-new-logoमहिलातर्फका केन्द्रीय सदस्यमा श्रीमाया थकाली, रामकुमारी झाँक्री, जयन्ती राई, गरिमा शाह, ममता गिरी, सीता गिरी, गौरा प्रसाई, र सुशीला नेपाल  विजयी भएका छन् । उनीहरु नेपाल  प्यानलका हुन् ।

त्यस्तै ओली पक्षका सुजिता शाक्य, थममाया थापा, पद्मा अर्याल, राधा ज्ञवाली, सावित्रा भुसाल, सीता पौडेल, महिन सुब्बा लिम्बू, शिवमाया तुम्बाहाम्फे, गोमा देवकोटा विजयी भएका छन् । उनीहरु सबै ओली पक्षका हुन् । महिलातर्फ पाँच वैकल्पिक केन्द्रीय सदस्यमा तीनजना ओली प्यानलका र दुईजना नेपाल प्यानलका विजयी भएका छन् ।

निरु पाल, मना केसी र सिन्ता सुन्दास केपी प्यानल र रचना खड्का र निरा जैरु नेपाल प्यानलबाट विजयी भएका छन् ।

खुल्लातर्फको बैकल्पिक केन्द्रीय सदस्यमा पनि ओली प्यानलका माधव ढुंगेलबाहेक अरु सबै नेपाल प्यानलका उम्मेदवारको अग्रता छ । 

मेचीमा ओली पक्षका हिक्मत कार्की पूर्ण र खनाल पक्षका रविन कोइराला बैकल्पिकमा विजयी भएका छन् ।  कोशीमा जीवन घिमिरे, बैकल्पिमा धर्म निरौला,सगरमाथामा जगन्नाथ खतिवडा, बैकल्पिमा पीके रार्इ, जनकपूरमा लक्ष्मण पौडेल, वैकल्पिकमा गणेश पहाडी, नारायणीमा बिरोध खतिवडा, वैकल्पिकमा कृष्ण खनाल बागमतीमा पशुपति चौलागाई, वैकल्पिकमा माधव अर्याल उपत्यकामा जीवनराम श्रेष्ठ, वैकल्पिकमा सोम मिश्र गण्डकीमा मायानाथ अधिकारी, वैकल्पिकमा रामशरण बस्नेत,

धौलागिरीमा गणेश तिम्सिना, वैकल्पिकमा भुपेन्द्र थापा लुम्बिनीमा लिला गिरी, बैकल्पिकमा तिलक महत राप्तीमा खेममान खड्का, बैकल्पिकमा गुलावजंग शाह भेरीमा यमलाल कडेल, बैकल्पिकमा लक्ष्मी पोखरेलसेतीमा महेश्वर पाठक, बैकल्पिकमा भैरवहादुर सिंह महाकालीमा गणेश ठगुन्ना, बैकल्पिक विक्रम शाही कर्णालीमा गोरखवहादुर बोगटी, र बैकल्पिकमा हंशराज शाही विजयी भएका छन् । तर एमालेको निवौचन आयोगले औपचारिक रुपमा जानकारी गराइसकेको छैन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us