नहरमा डुबेर बालिकाको मृत्यु

काठमाण्डु टुडे २०७१ साउन १ गते ९:२९ मा प्रकाशित

पर्सा, १ साउन – खेल्ने क्रममा नहरमा डुबेर एक बालिकाको मृत्यु भएको छ ।

जिल्लाको महुवन गाविसको वडा नं ५ निवासी प्रेम रामकी छोरी मनिताकुमारी रामको ज्यान गएको हो । स्थानीयका अनुसार बिहान खेल्ने क्रममा उनी नहरमा डुबेकी थिइन् । स्थानीयवासीले नै बालिकाको शव नहरबाट निकालेपछि प्रहरीलाई खबर गरेका थिए ।

बालिकाको शव परीक्षणका लागि नारायणी उपक्षेत्रीय अस्पतालमा पठाइएको प्रहरी चौकी महुवनले जानकारी दिएको छ । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us