चन्दलाई राप्रपा अध्यक्षको मान्यता दिएन निर्वाचन आयोगले

काठमाण्डु टुडे २०७१ साउन २ गते १२:१० मा प्रकाशित

काठमाण्डु , २ साउन – पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दलाई निर्वाचन आयोगले राप्रपाको वैधानिक अध्यक्ष मान्न अस्वीकार गरेको छ ।

lokendraचन्दले आफू राप्रपाको अध्यक्ष भएको दावीसहित आयोगमा निवेदन दिएका थिए । तर, आयोगले भने पशुपतिसमशेर राणा पक्षलाई बैधानिकता दिएको छ ।

चन्दको कुनै डकुमेन्ट नै छैन, विधान र कानुनबमोजिम उहाँको दाबीअनुसार बैधानिकता दिने नसक्ने निर्वाचन आयोगले बताएको छ ।

राप्रपाका सहप्रवक्ता किरण गिरीले भने निर्वाचन आयोगको निर्णय स्वभाविक भएको भन्दै पार्टीले स्वागत गर्ने बताएका छन् ।

निर्वाचन आयोगको निर्णयविरुद्ध चन्द पक्ष एक साताभित्र अदालत जाने एक नेताले काठमाण्डु टुडेलाई बताए ।

महाधिवेशनले दिएको म्याण्डेट अनुसार सूर्यबहादुर थापापछि आफू अध्यक्ष भएको चन्दको दाबी छ । तर, थापासहितको समूहले भने जेठ अन्तिममा बहुमतका आधारमा राणालाई अध्यक्ष बनाएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us