परीक्षाफल प्रकाशन

काठमाण्डु टुडे २०७१ साउन २ गते १३:०४ मा प्रकाशित

काठमाण्डु , २ साउन – त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा २०७० मङ्सिर–पुस महिनामा सञ्चालित मानविकी तथा सामाजिकशास्त्र सङ्कायतर्फ स्नातक तह चारवर्षे बिएफए (चित्रकला, मूर्तिकला र सङ्गीत) विषयको प्रथम वर्ष (२०७०) को परीक्षाको परीक्षाफल प्रकाशित भएको छ ।

यस्तै, २०७० सालमा सञ्चालित मानविकी तथा सामाजिकशास्त्र सङ्कायतर्फ स्नातकोत्तर तह एमए प्रथम वर्ष (२०६९) को जनसङ्ख्या अध्ययन विषयको परीक्षाको परीक्षाफल केन्द्रीय परीक्षा सञ्चालक समितिको निर्णयानुसार आज प्रकाशन गरिएको छ । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us