औषधी भनी दिएको बिषादी सेवन गर्दा गयो ज्यान

काठमाण्डु टुडे २०७१ साउन ४ गते १२:१३ मा प्रकाशित

नवलपरासी, ४ साउन – पेट दुखेको औषधी भनी दिएको बिषादी सेवन गर्दा धकधही–७ बस्ने ५७ बर्षीय राम अवतार यादवको मृत्यु भएको छ ।

उनलाई साउनमा हकुई–२ बस्ने २५ बर्षीय राजेश अग्रहरीले आफ्नो घरमा ल्याई पेट दुखेको औषधी भनी बिषादी खुवाउदा असक्त भएकोले उपचारको लागि मेडिकल कलेज भैरहवा लगिएकोमा उपचारकै क्रममा मृत्यु भएको थियो ।

बिषादी खुवाउने फरार राजेश अग्रहरीको प्रहरीले खोजतलास गर्नुको साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us