कात्तिकदेखि सवै विमानस्थलमा उडान : मन्त्री आचार्य

काठमाण्डु टुडे २०७१ साउन ४ गते १२:३२ मा प्रकाशित

काठमाण्डु , ४ साउन नागरिक उड्डयन्त्र तथा पर्यटनमन्त्री भीम आचार्यले नेपालका सवै साना–ठूला विमानस्थलमा उडान भराउने तयारी मन्त्रालयले गरिरहेको वताएका छन् । उनले आगामी कात्तिकको पहिलो साताबाट सवै विमानस्थलमा नेपाल बायु सेवा निगमका ध्वजाबाहक विमानले उडान भर्ने बताएका हुन् ।

तलुसीपुर उद्योग वाणिज्य संघको अगुवाईमा राप्ती अन्चल पाँचै जिल्लाका दुई दर्जनभन्दा बढी सभासद, उद्योगी, व्यापारी तथा नेतासहित प्रतिनिाधिस“ग आइतवार सिंहदरबारमा भएको भेटमा मन्त्री आचार्यले नेपाल वायु सेवा निगमलाई निजीकरण गरेर कम्पनीमार्फत चलाउनु पर्ने आवश्यकता रहेको वताए । उनले निगमको स्तर बृद्धिस“गै त्यसलाई निजी कम्पनीमार्फत अघि वढाउनु तयारी भइरहेको जानकारी दिए ।

मन्त्री आचार्यले भने,‘वायु सेवा निगम अहिले घाटामा गइरहेको छ । त्यसैले यसलाई निजीकरण गरेर चलाउनुको अर्को विकल्प छैन ।’ विमान खरिदमा समस्या नरहेको वताउ“दै उनले भने,‘विमान खरिदभन्दा पनि यसलाई मर्मत र संरक्षण गर्न गाह्रो छ । एक पटक प्लेन बिग्रियो भने ५० लाख भन्दा बढी खर्च हुन्छ । आर्थिक भार थाम्न गाह्रो छ ।’

दाङको तुलसीपुरमा विमानस्थलमा नियमित उडान भर्न माग गर्दै तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष विमल रिजालले प्रतिनिधिमण्डलको तर्फबाट मन्त्री आचार्यलाई ज्ञापनपत्र बुझाएका थिए ।

यसैवीच टोलीले बाणिज्य तथा आपूर्ति मन्त्री सुनिल थापालाई आइतवार नै भेटी दाङको तुलसीपुरमा इन्धन डिपोको स्थापना गर्न माग गर्दै ज्ञापन पत्र बुझाएको छ । टोलीले इन्धनको अभाव चरम रुपमा हुने गरेकाले एउटा इन्धनको डिपो स्थापना गर्नु पर्नेमा जोड दिएको थियो ।

टोलीमा एमाले उपाध्यक्ष युवराज ज्ञवाली, एमालेका केन्द्रीय सदस्य प्रकाश ज्वाला, नेपाली का“ग्रेसका केन्द्रीय सदस्यद्वय दिपक गिरी र पार्वता डिसी चौधरी, संघीय लोकतान्त्रिक मञ्च थरुहटकी अध्यक्ष रुकमिनी चौधरी, सभासदहरु सुशीला चौधरी, बुद्धिराम भण्डारी, शारदा स्वनकार, अनार कलि मिया, रेखा शर्मा, डिल्ली चौधरी, राजु खनाल, कांग्रेस दाङ क्षेत्र नम्बर ४ का सभापति जगत खड्का, दाङ क्षेत्र नम्बर ५ का सभापति बसन्त देबकोटा, नेता केशव आचार्य, तुलसीपुर उद्योग बाणिज्य संघका निवर्तमान टेकनप्रसाद बस्नेत हिमाल लगायत सहभागी रहेको तुलसीपुर उद्योग वाणिज्य संघका प्रेस सल्लाहकार शरद रेग्मीले जानकारी दिए ।

उद्योग बाणिज्य संघ तुलसीपुरको प्रतिनिधिमण्डल संविधानसभाको निर्वाचनका समयमा उठाएका एजेन्डालाई सम्बोधन गराउन राजधानी आएको हो । प्रतिनिधि मण्डलले प्रधानमन्त्री सुशील कोइराला, अर्थमन्त्री डा. रामशरण महत, गृह मन्त्री बामदेव गौतम लगायतलाई भेट्न कार्यक्रम छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us