सीमा नाका बन्दले जनजीवन प्रभावित

काठमाण्डु टुडे २०७१ साउन ४ गते ९:०५ मा प्रकाशित

दार्चुला, ४ साउन – सोमबार हुने विधानसभा उपचुनावका लागि नेपालसँग जोडिएका सीमा नाका ४८ घण्टाका लागि बन्द गरिएका छन् ।

उपचुनावका लागि शनिबार साँझ ६ बजेदेखि सोमबार साँझ ६ बजेसम्म सीमा नाका बन्द गरिएका हुन् ।

भारतसँग जोडिएका प्रमुख दुई नाका सदरमुकाम खलङ्गा र दत्तुमा ४८ घण्टाका लागि झोलुङ्गे पुल बन्द गरिएको हो । भारतको उत्तराखण्ड राज्यमा ४२औँ विधानसभा क्षेत्र धार्चुलामा सोमबार मतदान हँुदैछ ।

दुई दिनसम्म सीमा नाका बन्द रहँदा स्थानीय जनताको जनजीवनमा प्रभावित भएको छ ।

सीमा नाका बन्द भएपछि एक दर्जन नेपाली पारिपट्टि फसेको बताइन्छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us