पर्सा , ४ साउन – तराई मधेस राष्ट्रिय अभियानका संयोजक जयप्रकाश प्रसाद गुप्ताले समयमा अग्रगामी संविधान जारी गर्नका लाग जनदबाब आवश्यक रहेकोमा जोड दिएका छन् ।
मधेस पत्रकार समाजले आइतबार आयोजना गरेको पत्रकार सम्मेलनमा उनले संविधानसभाबाट अग्रगामी संविधान जारी हुने सम्भावना कम रहेको जिकिर गरे ।
उनले संसदमा रहेका मधेसवादी दलहरु मूलतः सत्ता समर्पण र मधेसको मुद्दा विसर्जनको नीतिमा लागेका कारण अब उनीहरुबाट मधेसको पक्षमा संविधान जारी गराउने सम्भावना कम रहेको बताए ।
मधेसवादी दलहरु स्वार्थमा लागेका कारण मधेसी दलहरुका बीचमा कुनै एकता पनि नहुने र मधेसको मुद्दा अहिले आफूलेमात्रै लिइरहेको भन्ने गुप्ताको दाबी छ ।
मधेस स्वायत्तः हुनुपर्ने र ‘एक मधेस एक प्रदेश’ भन्दाबाहेकको सङ्घीयता स्वीकार्य नहुने नेता गुप्ताको भनाइ छ । रासस