मापसे गरेर गाडी चलाउनेलाई छाड्न, पक्राउ गर्ने प्रहरीलाई कारबाही गर्न माग

काठमाण्डु टुडे २०७१ साउन ३ गते १३:४५ मा प्रकाशित

काठमाण्डु, ३ साउन– सरकार नेतृत्वकर्ता दल नेपाली काँग्रेसको सुनसरी जिल्ला समितिले पार्टी सम्वद्ध नेपाल तरुण दलका जिल्ला अध्यक्ष सिजन गुरुङलाई रिहा गर्न माग NC-Flagगर्दै शनिबार धरानमा एक घण्टा चक्का जाम गरेको छ ।
चक्काजामका क्रममा प्रहरी र काँग्रेस कार्यकर्ताबीच झडप भएपछि धरान क्षेत्र केहीबेर तनावग्रस्त बन्यो । प्रहरीले मादक पदार्थ सेवन गरी सवारी साधन चलाएको आरोपमा गुरुङलाई २१ असारमा भेडेटारबाट पक्राउ गरेको थियो ।

सवारी चेकजाँचका क्रममा पक्राउ परेका उनले ड्युटीमा रहेका प्रहरीमाथि हातपात गरेका थिए । बर्दीमा रहेको प्रहरीलाई कुटेको भन्दै धनकुटा प्रहरीले उनीसहित पाँच काँग्रेस कार्यकर्ताविरुद्ध सार्वजनिक अपराध ऐन अन्तर्गत मुद्धा दायर गरेको छ ।

काँग्रेसले भने प्रहरीले अकारण अनावश्यक दु:ख दिएको भन्दै गुरुङसहित पक्राउ परेका सबैलाई छाड्न माग गरेको छ । उसले गुरुङ समूहलाई पक्राउ गर्ने प्रहरीमाथि कारबाहीको मागसमेत गरेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us