विद्यार्थीले बनाए २२ हजार पुस्तक खरानी

काठमाण्डु टुडे २०७१ साउन ४ गते १५:२८ मा प्रकाशित

काठमाण्डु, ४– काठमाण्डुको त्रिचन्द्र क्याम्पसको हातामा रहेको बीपी पुस्तकालय आगजनीका कारण भएको छ ।
aglagi 2आगलागीका कारण पुस्तकालयमा रहेका २२ हजार पुस्तक खरानी भएको छ ।

आफ्ना कार्यकर्तामाथि काँग्रेस सम्वद्ध नेविसंघ कार्यकर्ताले खुकुरी प्रहार गरेको भन्दै एमाले सम्वद्ध अनेरास्ववियुका कार्यकर्ताले पुस्तकालयमा आगजनी गरेका हुन् । अनेरास्ववियु क्याम्पस इकाई कमिटी सदस्य प्रेम केसीमाथि नेविसंघ कार्यकर्ता कमल बुढाले आक्रमण गरेपछि अखिलले आगो लगाएको हो ।

टाउकामा गम्भीर चोट लागेका केसीको बागबजारस्थित मोडल अस्पतालमा उपचार भइरहेको छ । प्रहरीले घटनास्थलबाट एउटा चक्कु र मोटरसाइकल बरामद भएको र छानबिन जारी रहेको जनाएको छ ।
यसैबीच अनेरास्ववियुले घटनामा संलग्न नेविसंघ कार्यकर्तामाथि कारबाहीको माग गरेको छ । उसले आगजनीमा आफ्नो संगठनको कुनै संलग्नता नरहेको जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us