एउटै ओछ्यानमा सुत्दा खुट्टा लाग्छ: ओली

काठमाण्डु टुडे २०७१ साउन ४ गते १५:१० मा प्रकाशित

काठमाण्डु, ४ साउन– एमाले अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशनका दौरानमा भएका तीतामीठा बिर्सन आग्रह गरेका छन् ।

kp oli
राजधानीको तिनकुनेस्थित एक होटलमा लञ्च बैठक डाकेर ओलीले विगत बिर्सिएर एकताबद्ध हुन आग्रह गरेका हुन् । उनले महाधिवेशनमा भएको आरोप–प्रत्यारोपलाई एउटै खाटमा सुत्दा लागेको खुट्टाको संज्ञा दिए ।

‘एउटै खाटमा सुत्दा खुट्टा लाग्नु स्वभाविक हो’, ओलीले भने, फरक खाटमा सुतेको मान्छेले कहिल्यै खुट्टा चठाउँदैन ।’

सबैको उद्देश्य एमाले बनाउने रहेकाले विगत बिर्सनुपर्ने उनको भनाइ थियो । पार्टी एकताबद्ध नभए संविधान निर्माणमा पार्टी भूमिका कमजोर हुने उल्लेख गरे ।
उनले वैचारिक हिसाबले पार्टीलाई सशक्त बनाउनका लागि अध्ययनशील हुन नेताहरुलाई सुझाव दिए ।

लञ्च बैठकमा निवर्तमान अध्यक्ष एवम् वरिष्ठ नेता झलनाथ खनाल र नवौं महाधिवेशनमा ओलीसँग अध्यक्षमा पराजित माधवकुमार नेपाल सहभागी थिएनन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us