समाचार

ठेकेदारले काम ढिला गरेको बिरोधमा सडकमै रोपाई भयो बालाजुमा

२०७१ साउन ७ गते ४:५८

काठमाण्डु, ७ साउन – लामो समयदेखि सडक अस्तव्यस्त भएको भन्दै जनमैत्री अस्पतालदेखि बालाजु बाइपास जाने सडकछेउका बासिन्दाले बिरोध जनाएका छन् । बिरोध स्वरुप उनीहरुले सडकमै धान रोपेका छन् । ठेकेदारले समयमै सकडको काम नगर्दा समस्या परेको भन्दै उनीहरुले सडकमा रोपाई गरेर बिरोध जनाएका हुन्...

अतिक्रमित जग्गाको माग गर्दै सुस्तावासी आन्दोलित

२०७१ साउन ७ गते ४:०८

काठमाण्डु, ७ साउन –नवलपरासीका सुस्तावासीले सुस्तामा पटकपटक भारतीय पक्षद्वारा अतिक्रमण हँुदै आएको नेपाली भूमि फिर्ता पाउनुपर्ने माग राखेका छन् । सुस्तावासीले आफ्नो जग्गाधनी पुर्जा प्रमुख जिल्ला अधिकारीसमक्ष बुझाउँदै सो माग राखेका हुन् । सुस्ता बचाउ तथा पुनस्र्थापना सङ्घर्ष समिति नवलपरासीले दुईबँदे माग राख्दै सुस्तावासीको...

पुष्पलालको स्मृति दिवश मनाइदै

२०७१ साउन ७ गते ३:५७

काठमाण्डु, ७ साउन – नेपाल कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठको ३६ औं स्मृति दिवस विभिन्न कार्यक्रम गरि मनाईदैछ । विसं २०३५ साउन ७ गते भारतको नयाँ दिल्लीमा दिवङ्गत भएका पुष्पलालको ३६ औँ स्मृति दिवसको अवसरमा नेकपा एमालेले आज विभिन्न कार्यक्रम आयोजना गरेको छ ।...

प्रधानमन्त्री कोइराला राजनीतिक परामर्शमा

२०७१ साउन ७ गते ३:५३

काठमाण्डु, ७ साउन –एक महिनाको उपचार सकेर गएराती स्वदेश फर्किनुभएका प्रधानमन्त्री सुशील कोइरालाले आज विहानैदेखि सामान्य भेटवार्ता थालेका छन् । सचिवालय, सल्लाहकार, परिवार र आफन्तसँग विहान भेटवार्ता गर्नुभएको भएपनि राजनीतिक भेटवार्ता भने गरेका छैनन् । पार्टीका केही नेता कार्यकर्ता प्रधानमन्त्रीलाई भेटघाट गर्न बालुवाटार पुगेका...

आपूर्ति मन्त्री आज भुटान जाँदै

२०७१ साउन ७ गते २:०९

काठमाण्डु, ७ साउन –दक्षिण एसियाली स्वतन्त्र व्यापार क्षेत्र (साफ्टा)को वाणिज्य मन्त्रीस्तरीय बैठकमा भाग लिन नेपाली  प्रतिनिधि मण्डलको नेतृत्व गर्दै वाणिज्य तथा आपूर्तिमन्त्री सुनिलबहादुर थापा आज भुटानको थिम्पुतर्फ प्रस्थान गर्ने भएका छन् । साफ्टाको बैठकमा उनले नेपालको तर्फबाट मुख्यतया क्षेत्रीय आबद्धता, सार्क सदस्य मुलुकबीच व्यापारको अभिवृद्धि,...

एकै वर्षमा त्रिविका सवा लाख विद्यार्थी गायव

२०७१ साउन ७ गते १:५९

काठमाण्डु, ७ साउन – त्रिभुवन विश्वविद्यालयका आंगिक क्याम्पसमा एकै वर्षमा आश्चर्यजनक रुपमा विद्यार्थी घटेका छन् । स्वतन्त्र विद्यार्थी युनियनको चुनाव घोषणा भएकाले अघिल्लो वर्ष बढेको विद्यार्थी यस वर्ष घटेका हुन् । आर्थिक वर्ष ०६९/७० को तुलनामा ०७०/७१ मा एक लाख २५ हजार विद्यार्थी कम...

प्रचण्डलाई पार्टीले नै घर दिने भो

२०७१ साउन ७ गते १:५१

काठमाण्डु, ७ साउन – एमाओवादीले अध्यक्षका लागि स्थायी निवास बनाउने भएको छ । अध्यक्ष प्रचण्ड हाल लाजिम्पाटस्थित भाडाको घरमा बस्दै आएका छन् । केन्द्रीय नेतालाई ‘सर्वहारा जीवनशैली’ मा उद्धत गराउन बनेको आचारसंहिता प्रस्तावमा अध्यक्षका लागि राजधानीमा स्थायी बसोबासको व्यवस्था मिलाउने उल्लेख छ ।प्रचण्ड सुविधासम्पन्न...

विवादबीच ओलीले दिए बामदेवलाई कार्यबाहक

२०७१ साउन ६ गते १४:३२

काठमाण्डु, ६ साउन– एमालेमा वरिष्ठ उपाध्यक्ष को हुने भन्ने विवाद जारी रहेका बेला अध्यक्ष केपी शर्मा ओलीले उपाध्यक्ष बामदेव गौतमलाई कार्यबाहक अध्यक्षको जिम्मेवारी दिएका छन् । स्वास्थ्य उपचारका लागि बुधबार सिंगापुर जानुअघि उनले आफ्नो अनुपस्थितिमा गौतामलाई कार्यबाहकको जिम्मेवारी दिएका हुन् । नवौं महाधिवेशनमा ओली...

ओली अध्यक्ष भएपछि वामपन्थीको सम्बन्ध झनै चिसो : किराँती

२०७१ साउन ६ गते १३:२३

काठमाण्डु , ६ साउन – एकीकृत माओवादी स्थायी समिति सदस्य गोपाल किराँती ‘साइँला’ले केपी शर्मा ओली एमाले अध्यक्षमा निर्वाचित भएपछि एमालेसँगको सहकार्य टाढिएको बताएका छन् । कम्यूनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको स्मृतीमा आयोजना एमाओवादीले आयोजना गरेको कार्यक्रममा उनले भने, ‘ओलीलाई विजयका लागि मैले...

विद्यालयको पैसा अपचलन गर्नेविरुद्ध मुद्धा दायर

२०७१ साउन ६ गते १२:२०

काठमाण्डु , ६ साउन – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विद्यालयलाई प्राप्त भएको रकम हिनामिना गरेको अभियोगमा रौतहट भसढेवा–८ स्थित राम प्राथमिक विद्यालयसँग सम्बन्धित तीन जनाविरुद्ध मङगलबार विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्याममिकी यादव, विद्यालयका प्रधानाध्यापक बाल्मिकीप्रसाद यादव...

हत्या गरेर फालिएको अवस्थामा शव फेला

२०७१ साउन ६ गते १२:१६

सिरहा , ६ साउन – हत्या गरेर फालेको अवस्थामा लहान नगरपालिकास्थित सहकारी डिभिजन कार्यालयको अगाडि मङगलबार एक पुरुषको शव फेला परेको छ । शव गन्हाएपछि स्थानीयले थाहा पाएर प्रहरीलाई खबर गरेका थिए । त्यसपछि प्रहरी घटनास्थल पुगेर पानीमा रहेको शव बाहिर निकालेको छ ।...

स्वास्थ्य सेवा विभागका दश अधिकृतलाई निलम्बन गर्न निर्देशन

२०७१ साउन ६ गते १२:०३

काठमाण्डु , ६ साउन – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गतको स्वास्थ्य सेवा विभागका १० उच्च अधिकारीहरूलाई पेस्कीस्वरुप रकम लिई भ्रष्टाचार गरेको अभियोगमा तत्काल निलम्बन गर्न निर्देशन दिएको छ । आयोगले मङगलबार सो मन्त्रालयलाई पत्र लेखी सो निर्देशन दिएको हो । स्वास्थ्य...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us