विवादबीच ओलीले दिए बामदेवलाई कार्यबाहक

काठमाण्डु टुडे २०७१ साउन ६ गते १४:३२ मा प्रकाशित

काठमाण्डु, ६ साउन– एमालेमा वरिष्ठ उपाध्यक्ष को हुने भन्ने विवाद जारी रहेका बेला अध्यक्ष केपी शर्मा ओलीले उपाध्यक्ष बामदेव गौतमलाई bamdevकार्यबाहक अध्यक्षको जिम्मेवारी दिएका छन् ।
स्वास्थ्य उपचारका लागि बुधबार सिंगापुर जानुअघि उनले आफ्नो अनुपस्थितिमा गौतामलाई कार्यबाहकको जिम्मेवारी दिएका हुन् । नवौं महाधिवेशनमा ओली र गौतमले गठबन्धन गरेका थिए ।

महाधिवेशनमा प्राप्त मतका आधारमा वरिष्ठता तोकिनुपर्ने भन्दै भीम रावलले आफू वरिष्ठ उपाध्यक्ष हुनुपर्ने दाबी गर्दै आएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us