ओली अध्यक्ष भएपछि वामपन्थीको सम्बन्ध झनै चिसो : किराँती

काठमाण्डु टुडे २०७१ साउन ६ गते १३:२३ मा प्रकाशित

काठमाण्डु , ६ साउन – एकीकृत माओवादी स्थायी समिति सदस्य गोपाल किराँती ‘साइँला’ले केपी शर्मा ओली एमाले अध्यक्षमा निर्वाचित भएपछि एमालेसँगको सहकार्य टाढिएको बताएका छन् ।

kp-oli-gopal-kirati 1कम्यूनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको स्मृतीमा आयोजना एमाओवादीले आयोजना गरेको कार्यक्रममा उनले भने, ‘ओलीलाई विजयका लागि मैले पनि शुभकामना दिएको थिए । तर उनले जीतेपछि वामपन्थीबीच फुट झन तिब्र हुनेभयो ।’

एमाले अब कम्युनिष्ट पार्टी नरहेको टिप्पणी गदै किरातीले भने ‘एमाले कांग्रेसको पुच्छर जस्तो भएकोले उससँगको सहकार्य तोडेर हामीहरुसँग सहकार्य गर्न आउँदैन ।’आफूहरुले क्रान्तिको प्रतिनिधित्व गर्ने तर एमालेले प्रतिक्रान्तिको नेतृत्व गर्ने भएकोले सहकार्यको सम्भावना घटेको उनले बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us