एमाओवादी स्थायी समिति बैठक जारी

काठमाण्डु टुडे २०७१ साउन ५ गते ६:०३ मा प्रकाशित

काठमाण्डु, ५ साउन– एकीकृत नेकपा माओवादीको स्थायी समिति बैठक जारी छ ।
maoist-flagपार्टी मुख्यालय काेटेश्वर पेरिसिडाँडामा जारी बैठकले विभिन्न विभाग, केन्द्रीय सल्लाहकार समिति र केन्द्रीय परिषदलाई पूर्णता दिने विषयमा छलफल हुने बताइएको छ ।

यसअघि हिजोको बैठकमा महासचिव कृष्णबहादुर महरा नेतृत्वको टोलीले तयार पारेको संगठन निर्माणसम्बव्धी प्रस्ताव पेस गरेको थियो । हिजोको बैठकमा सबै सदस्यलाई वितरण गरिएको प्रस्तावबारे आज छलफल हुने स्थायी सदस्य लोकेन्द्र विष्टमगरले जानकारी दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us