प्रधानमन्त्री कोइराला फर्किए

काठमाण्डु टुडे २०७१ साउन ६ गते १०:४० मा प्रकाशित

sushil koirala
काठमाण्डु, ६ साउन प्रधानमन्त्री  सुशील कोइराला अमेरिकामा उपचार गराएर मंगलबार स्वदेश फर्किएका छन् ।
कोइराला मंगलबार राति ८ बजे त्रिभुवन विमानस्थल आइपुगेका थिए । फोक्सोमा दाग देखिएपछि ५ साताअघि कोइराला चिकित्सकको सल्लाहमा थप उपचारका लागि अमेरिका गएका थिए ।

उनको न्युयोर्कस्थित मेमोरियल स्लोन केटरिङ क्यान्सर सेन्टरमा  उपचार गरिएको थियो । परीक्षणका क्रममा कोइरालाको फोक्सोमा देखिएको दाग क्यान्सर भएको पुष्टि भएको थियो ।

कोइरालाको विभिन्न चरणका विकिरण चिकित्सा गरिएको थियो । सात वर्षअघि पनि कोइरालाको सोही अस्पतालमा जिब्रोको क्यान्सरको शल्यक्रिया भएको थियो ।

प्रधानमन्त्री कोइरालासँगै अमेरिका गएका वरिष्ठ छातिरोग विशेषज्ञ डा. करवीरनाथ योगीले प्रधानन्त्रीको स्वास्थ्य अवस्था राम्रो रहेको बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us