एसएलसीमा अनुत्तीर्ण भएपछि भारत पलायन

काठमाण्डु टुडे २०७१ साउन ६ गते ३:४१ मा प्रकाशित

अछाम, ६ साउन – एसएलसीमा अनुत्तीर्ण भएपछि अछामका अधिकांश विद्यार्थी भारत पलायन हुन थालेका छन् ।

एसएलसीको परीक्षामा अनुत्तीर्ण भई मौका परीक्षामा पनि नपरेका अधिकांश विद्यार्थी भारत पलायन हुन थालेका हुन् ।

अछामका अम्मरराज भण्डारीले भने–“आफूले जेनतेन गरी दुईपटक एसएलसी दिए उत्तीर्ण हुन सकेन, के गर्ने अब भारतमा जान्छु उतै बसेर काम पनि गरौँला केही आर्यआजन पनि हुन्छ ।”

एसएलसीमा सहभागी भएका अछामका ९४ विद्यालयका अनुत्तीर्ण हुने विद्यार्थीको सङ्ख्या दुई हजार ९०८ रहेको छ । परीक्षामा सम्मिलित चार हजार ४११ मध्ये उत्तीर्ण हुने विद्यार्थीको सङ्ख्या ४७६ रहेको छ भने पूरक परीक्षामा पर्नेको सङ्ख्या एक हजार २७ रहेको जिल्ला शिक्षा कार्यालयले जनाएको छ ।

सकारात्मक सोचको विकास हुनु नसक्नु, अनुत्तीर्ण भएपछि पठनपाठनमा ध्यान नदिई साथीहरुको लहलहैमा लागेर भारत पलायनमा विद्यार्थी लागेका र पुन परीक्षामा सहभागी हुन आर्थिक अभाव हुने भएकाले पनि पलायन हुने समस्या रहेको जिल्ला शिक्षा कार्यलयका शाखा अधिकृत लोकबहादुर शाहीले बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us