प्रधानमन्त्री आराममा, केही समय सार्वजनिक समारोहमा नजाने

काठमाण्डु टुडे २०७१ साउन ८ गते ३:५३ मा प्रकाशित

sushil koiralaकाठमाण्डु, ८ साउन –फोक्सोको क्यान्सरको उपचार गराएर स्वदेश फर्केका प्रधानमन्त्री सुशील कोइरालाले अझ केही दिन आराम गर्नुपर्ने भएको छ । त्यसैले कोइरालाले कुनै औपचारिक भेटववर्ता तय गरेका छैनन् ।
हिजो पनि कोइराला दिनभर निवासमै बसेपनि पार्टी नेता, मन्त्री र राजनीतिक दलका कुनैपनि नेताहरुसँग भेटवार्ता गरेनन् ।
रेडियोथेरापी दिएको केहीदिनसम्म रोग प्रतिरोधात्मक क्षमता कमजोर हुने भएकाले कोइरालासँग भेटघाट गर्दा ईन्फेक्सन भई रोग बल्झिन सक्ने भन्दै भेटघाटमा रोक लगाएको उनको निजी सचिवालयले जनाएको छ ।
प्रधानमन्त्रीले आराम गर्नुपर्ने भएकाले प्रत्येक विहीबार बस्दै आएको नियमित मन्त्रिपरिषद बैठक बोलाइएको छैन ।
प्रधानमन्त्रीका प्रेस संयोजक प्रकाश अधिकारीले आज पनि प्रधानमन्त्रीले कुनैपनि औपचारिक भेटवार्ता नगर्ने बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us